बिहान साढे ९ बजे । लामो समयपछि खुलेको विद्यालय । विद्यार्थीहरू स्कुल जान पाउँदा फुरुङ्ग थिए ।
रुपन्देही सैनामैना नगरपालिका–६, दूधराक्षकी पुष्पा दाहालले पनि आफ्ना छोराछोरीलाई बिहीवार (फागुन ५) विद्यालय पठाइन् ।
बुद्धनगरस्थित प्रभात बोर्डिङ स्कुलमा पढ्ने छोरा प्रसिद्ध (१२) र छोरी प्रसन्न (९) विद्यालयको लु १ ख ६५८६ बस चढेर गए । तर, विद्यालयका गएका छोराछोरी साँझसम्म घर फर्किएनन् ।
नानीबाबु नफर्किएपछि पुष्पाका श्रीमान प्रेम दाहाल स्कुलमै पुगे । बसका चालक र कर्मचारीले बच्चाहरूलाई अभिभावकले बिहानै ब...