वैदेशिक रोजगारीबाट फर्केका नेपालीको कमाई अनुत्पादक क्षेत्रमा लगानी भइरहेको चर्चा धेरै हुने गरे पनि कतिपय नेपालीले भने अरुलाई रोजगारी दिने गरी साना तथा मझौता उद्योग लगानी गर्न थालेका छन् । सरकारले वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमा लगानी गर्ने युवालाई सम्मान गर्ने परिपाटी शुरु गरेसँगै उद्यमशिलता समेत बढेको छ ।