९ कात्तिक, काठमाडौं । रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर भोलि भाइटीकाका दिन बिहानैदेखि खुल्ने भएको छ । भाइटीकाका अवसरमा बिहीबार बिहानैदेखि मन्दिर खोल्न सबै तयारी पूरा भएको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । यो मन्दिर प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनमात्र भक्तजनका लागि खुला गरिन्छ । भाइटीकाका अवसरमा दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी […]