स्वास्थ्य राज्यमन्त्रीको प्रष्टीकरण : सरकारीभन्दा सस्तो निजी अस्पताल बनाइरहेको छु

नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आफूले सरकारीभन्दा राम्रो सेवा र सबैभन्दा कम शुल्कको अस्पताल बनाइरहेको दावी गरेका छन् । सोमबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै राज्यमन्त्री श्रेष्ठले मिडियामा उनले निजी चेन अस्पताल बनाएको समाचार प्रकाशन भएको विषयमा स्पष्टीकरण दिएका छन् । शिक्षा तथा स्वास्थ्य समितिको पूर्व सदस्य समेत रहेका श्रेष्ठले कोरोनाको दोश्रो वेभ आएपछि आफ्नो मानसिकता नै परिवर्तन भएर नाफा नलिने सर्तमा सरकारीभन्दा कम शूल्क लिनेगरी अस्पताल सञ्चालन गर्न लागेक