धनकुटा : आगामी मंसिर ४ गतेका लागि हुन लागेको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि धनकुटामा १६ वटा मतदान केन्द्र अति सम्वेदनशील रहेका छन्। सुरक्षा संवेदनशीलताका दृष्टिकोणले मतदान केन्द्रको वर्गीकरण गर्ने क्रममा जिल्लाका १ सय १९ ओटा मतदान केन्द्रमध्ये १६ वटा मतदान केन्द्र अति संवेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ।जिल्ला सुरक्षा समितिका अनुसार धनकुटामा १६ ओटा मतदान केन्द्रलाई अति संवेदनशील, ४९ ओटालाई संवेदनशील र ५४ ओटालाई सामान्यमा वर्गीकरण गरिएको छ। भौगोलिक विकटता, मतदाता र मतदान केन