हङ्कङमा रहेका तनहुँवासीको मुठीदानबाटै यहाँको शिक्षा, स्वास्थ्य र खानेपानीका क्षेत्रमा हालसम्म करिब रु ६० लाख खर्च भइसकेको छ । हङ्कङमा रहेका तनहुँवासी सङ्गठित भई २०५६ सालमा ‘तनहुँ सेवा समाज हङ्कङ’ स्थापना गरेपछि यहाँको सामाजिक तथा परोपकारी काममा आर्थिक सहयोग हुँदै आएको हो । यस संस्थाले हालसम्म तनहुँमा करिब ६० लाख खर्च गरिसकेको उक्त संस्थाका पूर्वअध्यक्ष …