ओलीको टिप्पणी– पार्टी भनेको कुनै माछा बजार होइन

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी भनेको कुनै माछा बजार नभएको भन्दै पार्टी विधि र पद्धतिअनुसार चल्ने टिप्पणी गरेका छन् । आइतबार राति पत्रकार ऋषि धमलासँगको अन्तरवार्तामा उनले माधव नेपाल समूहप्रति कटाक्ष गर्दै भने, ‘पार्टी भनेको कुनै माछा बजार होइन, जसलाई जतिबेला मन लाग्यो आयो जतिबेला जान मन लाग्यो गयो, किन्न मन लागे किन्यो हेर्न मन लाग्यो हेर्यो । पार्टी भनेको विधि, विधान, पद्धति, नीति, नियम अन्तरगत चल्ने हो । यसर्थ यहाँ भेदभाव पक्षपातको कुरै छैन ।’ उनले पार्टी विधिअनुसार चल्ने भएकाले सोही अनुसा...