धनकुटामा माटो परीक्षण सुरु

मोरङ – कृषकको आयआर्जन वृद्धिका लागि धनकुटा जिल्लामा पहिलो पटक माटो परीक्षण सुरु भएको छ। धनकुटाको भेडेटारस्थित साँगुरीगढी गाउँपालिकाले कृषकको आयआर्जनमा सहयोग पुर्‍याउनका लागि पहिलो पटक माटो परीक्षण कार्य सुरु गरेको हो। गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दालीले गाउँपालिका क्षेत्रको माटोमा कुन बाली लगाउन उपयुक्त हुन्छ, कृषकलाई सोही बाली लगाउन प्रेरित गराउनका लागि परीक्षण अघि बढाएको जानकारी […]

सम्बन्धित सामग्री

कृषि उत्पादन बढाउन सल्यानमा माटो परीक्षण

सल्यान : सल्यानको शारदा नगरपालिकामा निःशुल्क माटो परीक्षण गरिएको छ। एकीकृत कृषि प्रयोगशाला कर्णाली प्रदेश सुर्खेतको प्राविधिक सहयोग र शारदा नपा कृषि विकास शाखाको आयोजनामा परीक्षण शिविर सञ्चालन गरिएको हो।माटोको उर्वराशक्ति पत्ता लगाई माटोमा अम्लीय र क्षारीयपन पत्ता लगाउन शिविर आयोजना गरिएको कृषि विकास शाखाले जनाएको छ। धानबाली प्रवर्धन कार्यक्रमअन्तर्गत पालिकाको १५ वटै वडाबाट माटो संकलन गरी परीक्षण गरेको कृषि विकास शाखाकी श्वेता राईले जानकारी दिइन्।उनका अनुसार १५ वटै वडाबाट संकलित २०८ माटोको

भिरकोटमा माटो परीक्षण ल्याब

वालिङ, १३ वैशाख । स्याङ्जाको भिरकोटमा माटो परीक्षण प्रयोगशाला स्थापना गरी सेवा दिन थालिएको छ । भिरकोट नगरपालिका र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको सहकार्यमा भिरकोट–२ मा माटो परीक्षण प्रयोगशाला स्थापना गरी सेवा दिन थालिएको नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले बताए । माटोमा हुने तत्वबारे न्यूनतम जानकारी पाउन र माटो परीक्षण गर्न पनि पोखरा जानुपर्ने बाध्यता रहेकामा किसानलाई […]

माटो परीक्षण गर्न कृषकको आनाकानी

'माटो परीक्षण हुन्छ भन्ने त थाहा थियो, त्यही पनि खै अरूले माटो लगेको देखेको छैन, मैले पनि लगेको छैन। अन्न फल्नै छाडे त के भयो भनेर खोजी हुने थियो होला”, उनले भने, “बरु अब एकचोटी लगेर देखाउन पर्ला। यहाँको जमिनमा राम्रो उत्पादन हुने भएकाले पनि यतातिर परीक्ष...

माटो परीक्षण प्रयोगशालाले किसानलाई सहज

वालिङ- स्याङ्जाको वालिङ नगरपालिकाले डिजिटल माटो परीक्षण मिनिल्याब स्थापना गरेको छ । माटो परीक्षणका लागि पोखरालगायतका ठाउँमा रहेका प्रयोगशालामा लैजानुपर्ने बाध्यता हटाउँदै नगरपालिकाले कार्यालय परिसरमै आधुनिक प्रविधिसहितको माटो परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताए ।माटोमा रहेको उर्वराशक्तिमा ह्रास आउन नदिने र उर्वराशक्तिलाई जोगाई राख्न प्रयोगशालाले महत्वपूर्ण भूमिका खेल्ने छ । “पछिल्लो समय […]

माटो परीक्षण प्रयोगशालाले किसानलाई सहज

वालिङ, १७ फागुन: स्याङ्जाको वालिङ नगरपालिकाले डिजिटल माटो परीक्षण मिनिल्याब स्थापना गरेको छ । माटो परीक्षणका लागि पोखरा लगायतका ठाउँमा रहेका प्रयोगशालामा लैजानुपर्ने बाध्यता हटाउँदै नगरपालिकाले कार्यालय परिसरमै आधुनिक प्रविधिसहितको माटो परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताए । माटोमा रहेको उर्वराशक्तिमा ह्रास आउन नदिने र उर्वराशक्तिलाई जोगाई राख्न प्रयोगशालाले महत्वपूर्ण भूमिका खेल्ने […]

माटो परीक्षण शिविर

विराटनगर । उत्पादन वृद्धि गर्न र लागत कम गराउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ मोरङको माटो परीक्षण शिविर सञ्चालन गरेको छ । किसानले दिनप्रतिदिन आवश्यकताभन्दा बढी रासायनिक मलको प्रयोग गर्न थालेपछि माटो उर्वराशक्ति कम भई माटोमा अम्लीयपन बढी देखिन थालेपछि सो शिविर सञ्चालनमा ल्याएको हो । प्रदेशभर सुनसरीको झुम्का र मोरङको उर्लाबारीमा रहेका माटो परीक्षण ल्याबलाई परियोजनाले किसानको घरदैलोमा लगेर सेवा शुरू गरेको छ । माटो परीक्षण ल्याबबाट भइसकेपछि माटो चाहिने कृषि चुन, नाइट्रोजन, फस्फोरस, म्याग्नेसियम र सल्फरजस्ता तत्त्व मिसिसको मल प्रयोग गर्न किसानलाई जानकारी दिने र यसबाट किसानको खेत सन्तुलनमा आई उत्पादन बढ्ने र लागत घट्ने परियोजनाका प्रमुख विनोदकुमार मण्डलले जानकारी दिए । मोरङको जहदा गाउँपालिका सञ्चालित तरकारी जोनमा आबद्ध किसानलाई लक्षित गरी आज सञ्चालन गरेको माटो परीक्षण शिविरमा सुनसरी झुम्काबाट प्राविधिक सहित ल्याब पुगेको थियो भने त्यहाँ ६० जना किसानको माटो परीक्षण गरेको थियो । ‘यो ल्याबको विषयमा हामीले धेरै पहिलेदेखि आवाज उठाएको भए पनि अहिले हाम्रो घरदैलोमा शिविर आएको छ,’ तरकारी जोन समितिका संयोजक शिवनाथ सिंहले भने । अर्का किसान देवानन्द साहले तरकारीका लागि प्रमुख क्षेत्र मानिएको जहदामा किसानको तरकारी संकलन केन्द्र स्थापना हुनुपर्ने र किसानलाई समयमै मलखादको व्यवस्था हुनुपर्ने माग गरे । जहदा गाउँपालिकाका प्रशासकीय अधिकृत सुमन घिमिरेले यस क्षेत्रका किसानको प्रमुख बाली तरकारी रहेको बताए । किसानको तरकारीलाई बजारसम्म लैजाने व्यवस्था हुनुपर्नेमा उनले जोड दिए । यस क्षेत्रमा किसानको सहभागितामा शीतगृह निर्माण हुनुपर्ने भन्दै उनले गाउँपालिकाले किसानका लागि पर्याप्त कार्यक्रम ल्याउन नसक्नुमा स्थानीय जनप्रतिनिधि दोषी रहेको बताए । तरकारी जोनमा अहिले २८ जना कृषक सहभागी रहेको र प्रत्येक किसानले कम्तीमा तीन बिघा र बढीमा पाँच बिघा जग्गामा तरकारी खेती गर्ने गरेको बताइएको छ । रासस

सिरिजङ्घामा निःशुल्क माटो परीक्षण

ताप्लेजुङ, १४ मङ्सिर: माटो परीक्षणका लागि गाउँबाहिर पठाउनुपर्ने कृषकको बाध्यता अब भने हट्ने भएको छ । अबदेखि स्थानीय तहमै माटो परीक्षण हुने भएको छ । यसका लागि ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले माटो परीक्षण प्रयोगशाला स्थापना गरेको छ । आफ्नै लगानीमा प्रयोगशाला स्थापना गरे माटो परीक्षणको व्यवस्था गर्न लागेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार भूगोल र […]

वाग्मती गाउँपालिकामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालनमा

११ भदौ, ललितपुर । वाग्मती गाउँपालिका-३ भट्टेडाँडास्थित छवेली कृषि विकास शाखा कार्यालयले डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको छ । जिल्लाको विकट उक्त क्षेत्रमा माटो अनुसारको कृषि बाली लगाउन किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले सो प्रविधि भित्र्याइएको हो । खेतीयोग्य जमिनको गुणस्तर अनुसार कस्तो खेती फस्टाउँछ भन्ने ज्ञान दिलाउन बिहीबारदेखि सो प्रविधि प्रयोगमा ल्याइएको गाउँपालिका अध्यक्ष […]

माटो परीक्षण गर्न सरकारले सार्वजनिक गरेको डिजिटल नक्सामा समस्या

काठमाण्डाै – माटो परीक्षण गर्न सरकारले सार्वजनिक गरेको डिजिटल नक्सामा समस्या आएको छ । परीक्षणका लागि बुधवारमात्र सार्वजनिक गरेको डिजिटल नक्सामा सर्भरमा बिहीवार नै समस्या आएपछि किसानले हेर्न पाएका छैनन् । सर्भर र अरू केही अवरोध आएको राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रका वरिष्ठ माटो विज्ञ श्रीप्रसाद विष्टले जानकारी दिनुभयो । नयाँ कुरा भएकाले धेरैको चासो भएर एकैपटक खोलेकाले समस्या आएको हुन सक्ने उहाँको भनाइ छ । एक पटकमा चार सयदेखि ६ सय जनासम्मले हेर्न मिल्ने क्षमताको बनाइएको छ । तर नयाँ कुरा भएक...

माटो बिग्रन नदिन पाँचखाल नगरमा वडास्तरीय माटो परीक्षण

कपिल कोइरालाकाभ्रे-‘पाँचखाल नगर कृषि सहर’ को नारा लिएको पाँचखाल नगरपालिकामा खेती योग्य जमिनको माटो बिग्रन नदिन वडास्तरीय माटो परीक्षण गरिएको छ । नगरपालिका प्रङ्गणमै ल्याब स्थापना गरेको नगरले बर्सेनि विभिन्न ठाउँको माटो परीक्षण गरिरहेको छ ।नगरमा रहेको उर्वरा भूमिलाई बिग्रन नदिने साथै केही मात्रामा बिग्रिएको माटोलाई सुधार्नका लागि पहल सुरु गरिएको पाँचखाल नगरपालिकाका नगर प्रमुख […]