सिरहाको धनगढीमाई नगरपालिका मतगणनास्थलमा झडप

सिरहाको धनगढीमाई नगरपालिकाको मतगणना स्थलमा नेपाली काँग्रेस र नेकपा एमाले कार्यकर्ताबीच झडप भएको छ । धनगढीमाई नगरपालिका ८ को मतगणना गर्दा मतदान अधिकृतको हस्ताक्षर नरहेको १७ वटा मतपत्र भेटिएपछि कांग्रेसका कार्यकर्ता मतगणना स्थलमा ढुंगामुढा गरे । सो क्रममा कांग्रेसकै कार्यकर्ताले एमाले कार्यकर्ताहरु बसेको टेन्टमा समेत ढुंगा हानेपछि दुबै पार्टीका कार्यकर्ताबीच झडप भएको हो । कांग्रेस कार्यकर्ताहरु ढुंगामुढा गर्दा दुईवटा गाडीको सिसा समेत फुटेको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिनअश्रुग्यास प्रहार

सम्बन्धित सामग्री

सिरहामा दुई समूहबीच छुरा हानाहान, एक युवकको मृत्यु

सिरहाको गोलबजार नगरपालिका– ६ मा दुई समूहबीच भएको छुरा हानाहानमा एक युवकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । छुरा प्रहारबाट घाइते भएका गोलबजार नगरपालिका– ६ डोहटियाका २६ वर्षीय रामकुमार सदालाई उपचारका लागि धनगढीमाई नगरपालिका– ९ मा रहेको आरके मेरिसीटी अस्पताल पुर्याए लगत्तै उनको मृत्यु भएको अस्पतालले जनाएको छ । घाइते सोही ठाउँका १९ वर्षीय निकेश सदाको आरके मेरिसीटी अस्पतालमा उपचार भईरहेको छ । प्रहरीले दुई समूहबीच झडप भएको र घाइते भएको जनाए पनि घटनाबारे थप अनुसन्धान भइर