काठमाण्डौ – मनाङबाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका दीपक मनाङे भनेर चिनिने राजीव गुरुङ निर्विरोध निर्वाचित हुँदै हुनुहुन्छ ।
मनाङ प्रदेश ‘ख’ बाट मनाङेसँगै स्वतन्त्र उम्मेदवारी दिएका दोर्जे लामा गुरुङले उम्मेदवारी फिर्ता लिनुभएको छ ।
दोर्जेले आज बिहान मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर आफ्नो उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले उज्यालोलाई जानकारी दिनुभयो ।
दोर्जेले उम्मेदवारी फिर्ता लिएपछि अब मनाङेको मात्रै उम्मेदवारी कायम छ । दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने स...