सवारीचालक अनुमति पत्रका लागि अनलाइन आवेदन सुरु

काठमाडौं : यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको लागि नयाँ अनलाइन आवेदन प्रणाली सुरु गर्ने भएको छ।विभागले आज एक सूचना निकालेर आज बेलुका ६ बजेदेखि सवारी चालक अनुमति पत्रको नयाँ अनलाइन आवेदन प्रणाली सुरु हुने जानकारी दिएको हो।अनुमति पत्र नयाँ तथा वर्ग थपका लागि हालसम्म परेका अनलाईन आवेदनहरू आजदेखि रद्ध गरेको पनि विभागले जनाएको छ। साथै वर्ग थप गराउन चाहने सेवाग्राहीको लागि आवेदन अर्को साताको सोमबार बाट खुला गरिने विभागले जनाएको छ।

सम्बन्धित सामग्री

आकस्मिक लाइसेन्सका लागि अनलाइन आवेदन खुला

यातयात व्यवस्था विभागले आकस्मिक रुपमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिनका लागि अनलाइन फारममार्फत आवेदन दिन सकिने व्यवस्था मिलाएको छ।  सवारीचालक अनुमतिपत्र आवश्यक परेमा अबदेखि अनलाइन फारममार्फत आवेदन दिएर लिन सकिने व्यवस्था मिलाइएको...