रेडपाण्डा संरक्षणका लागि कुकुरलाई रेबिजविरुद्धको खोप

रेडपाण्डा संरक्षणको क्षेत्रमा काम गर्दै आएको संस्था हिमाली संरक्षण मञ्चले ताप्लेजुङका ५०० भन्दा बढी कुकुरलाई रेबिजविरुद्धको खोप लगाएको छ । घरपालुवा र सामुदायिक गरी ५८६ वटा कुकुरलाई रेबिजविरुद्धको खोप लगाइएको हिमाली संरक्षण मञ्चले जनाएको छ । यही भदौ १४ देखि २४ गतेसम्म आफ्नो कार्य क्षेत्रका ४१४ वटा कुकुर र ३१ वटा बिरालोलाई रेबिजविरुद्धको खोप लगाइएको मञ्चका कार्यक्रम संयोजक रमेश राईले जानकारी दिए । उनका अनुसार अघिल्लो वर्ष १७२ वटा कुकुरलाई खोप लगाइएको थियो ।रेडपाण्डा नेटवर्कको आर्थिक सहयोग र स

सम्बन्धित सामग्री

रेडपान्डा जोगाउन कुकुर–बिरालोलाई रेबिजविरुद्धको खोप

विश्वमै दुर्लभ वन्यजन्तुको सूचीमा रहेको रेडपान्डा संरक्षण गर्न ताप्लेजुङमा कुकुर र बिरलालाई रेबिजविरुद्धको खोप लगाएका छन् । कुकुर र बिरालोको आक्रमणका कारण दुर्लभ रेडपान्डाको अस्तित्व थप सङ्कटमा पर्दै गएपछि हिमाली संरक्षण मञ्च ताप्लेजुङले कुकुर नियन्त्रण गर्नका लागि खोप, भिटामिन र बन्ध्याकरण अभियान प्रत्येक वर्ष सञ्चालन गर्दै आएको छ । रेडपाण्डा बासस्थान नजिकै रहेको बस्तीमा रहेका …

कुकुर-बिरालोलाई रेबिजविरुद्धको खोप

फुङ्लिङ– विश्वमै दुर्लभ वन्यजन्तुको सूचीमा रहेको रेडपान्डा संरक्षण गर्न ताप्लेजुङमा कुकुर र बिरलालाई रेबिजविरुद्धको खोप लगाएका छन् । कुकुर र बिरालोको आक्रमणका कारण दुर्लभ रेडपान्डाको अस्तित्व थप संकटमा पर्दै गएपछि हिमाली संरक्षण मञ्च ताप्लेजुङले कुकुर नियन्त्रण गर्नका लागि खोप, भिटामिन र बन्ध्याकरण अभियान प्रत्येक वर्ष सञ्चालन गर्दै आएको छ । रेडपाण्डा बासस्थान नजिकै रहेको बस्तीमा […]

रेडपाण्डा संरक्षण गर्न कुकुरको बन्ध्याकरण

दुर्लभ वन्यजन्तुको सूचीमा रहेको रेडपाण्डा (रातो हाब्रे) संरक्षण गर्न ताप्लेजुङमा कुकुरको बन्ध्याकरण, रेबिजविरुद्धको खोप र भिटामिन दिइएको छ । कुकुरको आक्रमणबाट रेडपाण्डा असुरक्षित बन्दै गएको पाइएपछि कुकुरको बन्ध्याकरण, खोप, भिटामिन र जुकाको औषधि दिइएको हो । रेडपाण्डा पाइने क्षेत्र वा बासस्थान नजिकैका गाउँघरमा रहेका घरपालुवा तथा सामुदायिक कुकुरबाट रेडपाण्डामाथि आक्रमण हुने गरेको छ । कुकुरको आक्रमणका कारण दुर्लभ रेडपाण्डाको अस्तित्व थप सङ्कटमा पर्दै गएपछि रेडपाण्डा संरक्षण (जोगाउने) गर्ने

रेडपाण्डा संरक्षण गर्न कुकुरको बन्ध्याकरण

फुङ्लिङ – दुर्लभ वन्यजन्तुको सूचीमा रहेको रेडपाण्डा संरक्षण गर्न ताप्लेजुङमा कुकुरको बन्ध्याकरण, रेबिजविरुद्धको खोप र भिटामिन दिइएको छ । कुकुरको आक्रमणबाट रेडपाण्डा असुरक्षित बन्दै गएको पाइएपछि कुकुरको बन्ध्याकरण, खोप, भिटामिन र जुकाको औषधि दिइएको हो । रेडपाण्डा पाइने क्षेत्र वा बासस्थान नजिकैका गाउँघरमा रहेका घरपालुवा तथा सामुदायिक कुकुरबाट रेडपाण्डामाथि आक्रमण हुने गरेको छ । कुकुरको […]