संखुवासभामा कांग्रेस-एमाले कडा टक्कर #NepalVotes #NepalElection2017

प्रदेश नम्बर १ को पहाडी जिल्ला संखुवासभामा एमाले र कांग्रेसको कडा टक्कर देखिएको छ। सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार एमाले उम्मेद्वार राजेन्द्र प्रसाद गौतम ९२६ मतले अगाडि छन्। उनलाई कांग्रेसका दीपक खड्काले कडा टक्कर दिइरहेका छन्। राजेन्द्र प्रसाद गौतम - नेपाल कम्युनिष्ट पार्टी (एमाले) १८४९६ दिपक खड्का-नेपाली काँग्रेस १७५७०