आर्थिक सुधार र भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी कदम चाल्न माधव नेपालको आग्रह

काठमाडौँ : सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले मुलुकको आर्थिक क्षेत्रको सुधार, भ्रष्टाचार नियन्त्रण र सुशासनको निम्ति अझै प्रभावकारी कार्य गर्नुपर्ने बताएका छन्।आइतवार काठमाडौंमा शुरु भएको पार्टीको केन्द्रीय परिषद् बैठकको उद्घाटन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्। अध्यक्ष नेपालले मुलुकमा विद्यमान व्यवस्थाविरुद्ध प्रतिगामी तत्त्वले विभिन्न गतिविधि सञ्चालन गरिरहेको उल्लेख गर्दै त्यसलाई निस्तेज पार्न पनि सरकार र सत्तारुढ गठबन्धनमा