किसानले धान रोपाइँ सकेको दुई महिना बितिसकेको छ । असारे धान रोपेको लामो समय बिते पनि कृषि सामग्री कम्पनी लिमिटेडले किसानलाई मल उपलब्ध गराउन सकेको छैन । धान पहेँलिइसकेको छ भने किसान अझै मल नपाइने हो कि भन्ने चिन्तामा छन् ।
मल उपलब्ध गराउने सरकारी निकायले मल आयात गरी ल्याउने टेन्डर प्रक्रियामा घोटाला गरेको सरोकारवालाले बताउँदै आइरहेका बेला सीमा क्षेत्रका किसान भने भारतीय पसलबाट चोरी पैठारी गर्दै मल भित्र्याइरहेका छन् ।