१ लाख ४२ हजारले लिए सहुलियत दरमा साढे २ खर्ब ऋण, ३२९ करोड कर्जा बिना धितो स्वीकृत

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा २ खर्ब ५० अर्ब बढीको सहुलियत कर्जा स्वीकृत गरेको छ । सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि २०७५, (तेस्रो संशोधन सहित) अनुसार  २०७८ माघ मसान्तसम्म २ खर्ब ५० अर्ब १४ करोड ४४ लाख ४५ हजार रुपैयाँ सहुलियतपूर्ण कर्जा स्वीकृत भएको राष्ट्र बैंकले जनाएको छ । कुल १ लाख ४२ हजार ३ सय ४४ जना ग्राहकले यो रकमको कर्जा लिएका हुन् । राष्ट्र बैंकका अनुसार सबैभन्दा धेरै कर्जा भने ब्यबसायिक कृषि तथा पशुपक्षि शिर्षकमा गएको छ ।  यो शिर्षकमा ५८ हजार २ सय ६९ जना ग्राहकको कुल १ खर्ब ५८ अर्ब ७७ करोड ३८ लाख ९७ हजार रुपैयाँ कर्जा स्वीकृत भएको छ । जस मध्ये ५ हजार ९ सय ५० जना ग्राहकको ३ अर्ब २९ करोड २१ लाख १९ हजार रुपैयाँ बराबरको कर्जा बिना धितो स्वीकृत भएको छ भने ५२ हजार ३ सय १९ जना ग्राहकको १ खर्ब ५५ अर्ब ४८ करोड १७ लाख ७८ हजार कर्जा धितो राखेर स्वीकृति भएको छ । त्यस्तै शिक्षित युवा स्वरोजगार कर्जा अन्तर्गत १ सय ५१ जनाको लागि ७ करोड ९० लाख ६१ हजार कर्जा स्वीकृत भएको छ ।  विदेशबाट फर्केका युवा परियोजना कर्जा अन्तर्गत ९ सय ५७ जनाको लागि ७८ करोड ४७ लाख ४० हजार रुपैयाँ बराबरको कर्जा स्वीकृत भएको छ ।  महिला उद्यमशिलता कर्जातर्फ ८१ हजार २ सय २७ जनाको लागि ८५ अर्ब ९९ करोड ३५ लाख ९६ हजार रुपैयाँ कर्जा स्वीकृत भएको छ ।  त्यस्तै दलित समुदाय ब्यबसाय विकास कर्जा अन्तर्गत ११ सय ७ जनाले ७६ करोड ६० लाख ७६ हजार रुपैयाँ बराबरको कर्जा स्वीकृत गराएका छन् ।  उच्च र प्राविधिक तथा ब्यबसायिक शिक्षा अन्तर्गत १४० जनाको लागि ४ करोड ७४ लाख २६ हजार बराबरको कर्जा स्वीकृत भएको छ । भूकम्पपिडितहरुको निजि आवास निर्माण कर्जा अन्तर्गत २ सय १८ जनाको लागि ६ करोड ३८ लाख २३ हजार रुपैयाँ बराबरको कर्जा स्वीकृत भएको छ ।  त्यस्तै कप उद्योग संचालनको लागि २५० जनाको लागि ३ अर्ब ६२ करोड ६३ लाख २६ हजार रुपैयाँ बराबरको कर्जा स्वीकृत भएको छ ।  २ जनाको लागि प्राविधिक तथा व्यवसायिक तालिम परिषदबाट मान्यताप्राप्त संस्थाबाट दिइने तालिम शिर्षकको ४ लाख रुपैयाँको कर्जा र युवा वर्ग स्वरोजगर कर्जा शिर्षकमा ९ लाख १ हजार रुपैयाँ बराबरको सहुलियत कर्जा स्वीकृत गरेको छ।  बैंक तथा वित्तीय संस्थाले आफ्नो आधारदरमा २ प्रतिशत ब्याज थपेर सहुलियत कर्जा प्रदान गर्ने गरेका छन् । जस अनुसार व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा पाँच करोड रूपैयाँसम्म, शिक्षित युवा स्वरोजगार कर्जा सात लाख रूपैयाँसम्म, विदेशबाट फर्केका युवा परियोजना कर्जा दश लाख रूपैयाँसम्म, महिला उद्यमशील कर्जा पन्ध लाख रूपैयाँसम्म, दलित समुदाय व्यवसाय विकास कर्जा दश लाख रूपैयाँसम्म, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा पाँच लाख रूपैयाँसम्म, भूकम्प पीडितहरूको निजी आवास निर्माण कर्जा तीन लाख रूपैयाँसम्म, कपडा उद्योग सञ्चालनको लागि रु.५ करोड सम्म, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट मान्यता प्राप्त संस्थाबाट लिइने तालिम आदिको लागि रु. २ लाख सम्म लिन सकिने ब्यबस्था छ । 

सम्बन्धित सामग्री