हिउँदमा कम पानी पर्ने भएकाले हिउँदे बाली र फलफूलमा सिँचाइ व्यवस्थापनमा ध्यान दिन आग्रह

काठमाण्डाै - यसवर्षको हिउँद सुक्खा हुने अनुमानसहित नेपाल कृषि अनुसन्धान परिषद् नार्कले हिउँदे बाली र फलफूलमा सिँचाइ व्यवस्थापनमा विशेष ध्यान दिन किसानलाई आग्रह गरेको छ । नार्कको कृषि वातावरण अनुसन्धान केन्द्र र जल तथा मौसम विज्ञान विभागले कृषि मौसम सल्लाह बुलेटिनमार्फत् किसानलाई प्लास्टिक पोखरीमा पानी जम्मा गरी थोपा सिँचाइ, स्पिङ्गकल लगायतबाट सिँचाइ व्यवस्थापन गर्न आग्रह गरेको हो । ७१ वटा मौसम केन्द्रहरुमा मापन गरिएको साप्ताहिक कुल वर्षाको तथ्याङ्क अनुसार कुनै पनि केन्द्रमा वर्षा मापन भएको छैन । तर हिउँदे बाली गहुँ आ...

सम्बन्धित सामग्री

सुदूर पहाडमा हिउँ फुरुरु (फोटो फिचर)

धनगढी : देशभर आज (बुधबार) वर्षासँगै सुदूरपश्चिमका पहाडी जिल्लामा पनि हिमपात भएको छ। मंगलबार रातिदेखि सुदूरपश्चिमका हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातसँगै वर्षा भएको हो।लामो समयपछि हिमपातसँगै पानी परेको भन्दै यी जिल्लाका किसानहरू हिउँदे बाली सप्रिने भन्दै खुसी भएका छन्। हिमपातसँगै प्रदेशमा जाडो बढेको छ।हिमपातले जनजीवन भने निकै कष्टकर बनाएको छ। आज पनि पश्चिमी वायुको प्रभावका कारण हिमाली जिल्लामा हिमपात हुने र अरू क्षेत्रका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन्।डडेल्धुराको गन्यापधुरा गाउँप