होटल हयात प्लेस र क्यासिनो मारिनाबीच सम्झौता

सिटी होटल लिमिटेड (गोल्यान ग्रुप अन्तर्गतको कम्पनी) र र्याङ्क इन्टरटेनमेन्ट होल्डिङ्स प्रालिसँग क्यासिनो लीज सम्झौता भएको हो।...

सम्बन्धित सामग्री

ह्यात प्लेस काठमाडौं र क्यासिनो मरिनाबीच क्यासिनो सञ्चालनसम्बन्धी सम्झौता

काठमाडौं (अस) । गोल्यान ग्रूप अन्तर्गतको कम्पनी सिटी होटल लिमिटेड र र्‍याङ्क इन्टरटेन्मेन्ट होल्डिङ्स प्रालिबीच काठमाडौंको सोल्टीमोडमा रहेको ह्यात प्लेस होटलमा क्यासिनो सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा गोल्यान समूहका प्रबन्ध निर्देशक अक्षय गोल्यान र र्‍याङ्क इन्टरटेन्मेन्ट होल्डिङ्स प्रालिका अध्यक्ष रवि विजेरत्नेले हस्ताक्षर गरेका छन् । सम्झौतापत्रमा हस्ताक्षर समारोहमा गोल्यान समूहका अध्यक्ष पवन गोल्यान, सिटी होटल लिमिटेडका अध्यक्ष शक्ति गोल्यान र र्‍याङ्क इन्टरटेनमेन्ट होल्डिङ्स प्रालि सीईओ आसांगा वारसाभिथार्नाको समेत उपस्थिति थियो । ह्यात प्लेस होटल काठमाडौंको ताहाचलमा रहेको अन्तरराष्ट्रिय स्तरको होटल हो । १४ तले होटलमा १५३ ओटा कोठा छन् । र्‍याङ्क इन्टरटेन्मेन्ट होल्डिङ्स प्रालि श्रीलंकाको सबैभन्दा ठूलो इन्टरटेन्मेन्ट कंगलोमेरट हो ।

ह्यात प्लेस काठमाडौं र क्यासिनो मरिना बीच क्यासिनो भाडासम्बन्धी सम्झौता

वैशाख २८, काठमाडौं । गोल्यान ग्रूपको कम्पनी सिटी होटल लिमिटेड र र्‍याङ्क इन्टरटेनमेन्ट होल्डिङ्स प्रालि बीच काठमाडौंको सोल्टीमोडमा रहेको ह्यात प्लेस होटलमा भाडा क्यासिनो सञ्चालन गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।  सम्झौतामा गोल्यान समूहका प्रवन्ध निर्देशक अक्षय गोल्यान र र्‍याङ्क इन्टरटेनमेन्ट होल्डिङ्स प्रालिका अध्यक्ष रवी विजेरत्नेले हस्ताक्षर गरेका छन् । हस्ताक्षर समारोहमा गोल्यान समूहका अध्यक्ष पवन गोल्यान, सिटी होटल लिमिटेडका अध्यक्ष शक्ति गोल्यान र र्‍याङ्क  इन्टरटेनमेन्ट होल्डिङ्स प्रालिका सीईओ आसांगा वारसाभिथार्नाको समेत उपस्थिति रहेको थियो ।  ह्यात प्लेस होटल काठमाडौंको ताहचलमा रहेको अन्तरराष्ट्रिय स्तरको होटल हो । १४ तले होटलमा १५३ ओटा कोठा रहेका छन् । होटलमा हरेक कोठामा सुत्ने, काम गर्ने खेल्ने ठाउँ छुट्टा - छुट्टै ठाउँ छ । केही कोठामा कुनामा सोफा स्लिपर पनि छ । होटलमा खानपिन गर्ने ठाउँका विविध विकल्प उपलब्ध छन् । चारैतिर निःशुकल्क वाईफाई छ भने फिटनेस सेन्टर र कार्यक्रम स्थल पनि छ । र्‍याङ्क इन्टरटेनमेन्ट होल्डिङ्स प्रालि श्रीलंकाको सबैभन्दा ठूलो इन्टरनेटमेन्ट कंगलोमेरट हो ।

काठमाडौँमा खुल्यो ५ सय करोड लगानीको ५ तारे होटल ‘हायात प्लेस’

अमेरिकी चेन होटल ब्राण्ड हायात प्लेस काठमाडौँमा खुलेको छ । गोल्यान समूहको लगानीमा सोल्टी मोडमा खुलेको होटल हायात प्लेसले औपचारिक सेवाको सुरुवात भने कार्तिक २९ गते हरिबोधनी एकादशीको दिनबाट गर्नेछ ।६९ देशका ३८५ गन्तव्यमा हायात प्लेसका १ हजार होटल छन् । काठमाडौँमा पवन गोल्यान नेतृत्वको गोल्यान समूहले १५३ कोठासहितको होटल सञ्चालनमा ल्याएको हो । २४ सैँ घण्टा सेवा उपलब्ध हुने दाबी गरिएको यो होटलमा १५० कर्मचारी छन् । सम्पूर्ण व्यवस्थापनको जिम्मा हायातले लिएको छ । १० रोपनी क्षेत्रफलमा फैलिएको यो होटलमा सँगै अपार्टमेन्ट पनि छ । तर, अपार्टमेन्टमा भने गोल्यान परिवार मात्रै बस्दै आएको छ । बिक्रि गर्ने ४ युनिट अपार्टमेन्ट मात्रै भएकाले अहिले यसको सञ्चालन मोडल तयार भईनसकेको पवन गोल्यान बताउँछन् । ५ तारे यो होटलमा ३ वटा ‘स्वीट्स रुम’ छन्, ८ वटा ‘टियरेष्ट रुम’ छन् । ह्यात ब्राण्डकै ‘सेलेक्ट सर्भिस’ उपलब्ध गराउने यो होटलमा निकट भविष्यमा क्यासिनो पनि राख्ने योजना रहेको पवन गोल्यानका भतिजसमेत रहेका होटलका अध्यक्ष शक्ति गोल्यानले बताए । भूकम्पअघि २ वटै टावरलाई अपार्टमेन्टकै लागि बनाईएको भएपनि भूकम्पपछि भने उनै शक्ति गोल्यानको योजनामा एउटा टावरलाई होटलमा परिणत गरिएको हो । फिटनेश सेन्टर, बार, लाउन्ज, स्वीमिङसहित ५ तारे होटलमा हुनुपर्ने सबै मापदण्ड पूरा भएको यो होटलको ‘टप फ्लोर’बाट स्वयम्भू, विभिन्न हिमाल र काठमाडौँ वरिपरीका डाँडाका थुम्काहरुको दृश्यावलोकन गर्न सकिन्छ । बिहानको सुर्योदय र साँझको सुर्यास्तको दृश्य निकै मनमोहक देखिन्छ ।नेपालमा पर्यटनको अथाहा सम्भावना भएकाले विदेशबाट आउने पर्यटकलाई लक्षित गरी उत्कृष्ट सेवा दिने लक्ष्यसहित होटल सञ्चालनमा ल्याईएको व्यवस्थापन पक्षको भनाई छ । होटलमा ५ सय करोड लगानी छ ।