निर्वाचन आयोगले आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने

काठमाडौं, २३ चैत। आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुँदैछ। साथै निर्वाचन आयोगले आज नै उम्मेदवारलाई चुनाव चिन्ह वितरण गर्ने कार्यतालिका रहेको छ। आयोगका अनुसार आज बिहान ९ बजेदेखि १ बजेसम्मका लागि उम्मेदवारी फिर्ता लिन समय दिने र त्यसपछिको समयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरी चुनाव चिन्ह प्रान गरिनेछ।

सम्बन्धित सामग्री

प्रत्यक्षमा उम्मेदवारी परेकाको नामावली प्रकाशन गर्दै निर्वाचन आयोग

काठमाडौं : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ मनोनयनपत्र दर्ता गरेका उम्मेदवारको नामावली मंगलवार प्रकाशन गर्ने कार्यक्रम रहेको छ। यही असोज २६ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने एवं उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने गरी कार्यक्रम…

‘निर्वाचनमा दलबीच मर्यादा आवश्यक’

काठमाडौं, बैशाख १४ । स्थानीय तहको निर्वाचन हुन्छ कि हुँदैन भन्ने अनिश्चितता र अन्योल अब हटेको छ। नाफा नोक्सानको आधारमा स्थानीय तहको निर्वाचन गर्ने नगर्ने विषयमा दलहरू विभाजित थिए। कानुनत अब स्थानीय तहको निर्वाचन भने गर्नुपर्ने नै थियो। यतिबेला निर्वाचन आयोग उम्मेदवार दर्ता गराउनेप्रति उजुरी लिने, उम्मेदवारी फिर्ताको समय दिने र अन्तिम नामावली प्रकाशन गर्ने […]

महानगरको मतपत्रमा कुनै पनि कोठा खालि राखेर छापिँदैन : निर्वाचन आयोग

काठमाडौं, ११ वैशाख : निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मतपत्र छपाइ सम्बन्धमा सञ्चारमाध्यमा प्रकाशित समाचार र केही राजनीतिक दलको माग एवं भनाइप्रति आयोगको ध्यानाकर्षण भएको जनाएको छ । आइतबार एक विज्ञप्ति जारी गरि आयोगले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ५ को उपदफा (५) मा निर्वाचन कार्यक्रम प्रकाशन गर्दा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि […]

मतदाता नामावली हेरफेर हुँदैन : निर्वाचन आयोग

निर्वाचन आयोगले मतदाता नामावली थपघट तथा हेरफेर नहुने बताएको छ । अन्तिम नामावली प्रकाशन भएपछि पनि मतदाता नामावली सार्न तथा सच्याउन पाउँ भनेर निवेदन आइरहेको भन्दै आयोगले शुक्रबार विज्ञप्ति जारी...

आज मतदाताको अन्तिम नामावली प्रकाशन गर्दै निर्वाचन आयोग

काठमाडौं, चैत १३ । निर्वाचन आयोगले आज स्थानीय तहको निर्वाचनको अन्तिम मतदाता नामावली प्रकाशन गर्दैछ । वैशाख ३० गते हुने निर्वाचनका लागि मतदाताको अन्तिम नामावली आज प्रकाशन गर्ने आयोगले जनाएको हो । नाम दोहोरिएका, मृत्यु भएकाहरूको समेत नाम हुन सक्ने भन्दै आयोगले दावी विरोधका लागि एक साताको समय दिएको थियो । दावी विरोधपछि करिब एक […]

देवकोटालाई 'कलम', बादललाई 'सूर्य

मकवानपुर : आगामी जेठ ६ गते हुन लागिरहेको राष्ट्रियसभा उप निर्वाचनमा बागमती प्रदेशबाट सदस्य पदका लागि मनोनयन दर्ता गरेका उम्मेदवारलाई आज बुधबार चुनाव चिह्न प्रदान गरिएको छ। बागमती प्रदेश निर्वाचन आयोग कार्यालय हेटौंडाले आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दै उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गरेको हो। निर्वाचन कार्यालयका अनुसार राष्ट्रिय सभा सदस्यमा एमालेबाट उम्मेदवारी दिएका गृहमन्त्री रामबहादुर थापालाई सूर्य चिह्न, नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङलाई मादल चिह्न र काङ्ग्रेस,