खोलानाला अतिक्रमणले डुब्यो धनगढी ! (फोटो फिचर)

धनगढी : हरेक वर्षायाममा सुदूरपश्चिमको धनगढी डुबानमा पर्दै आएको छ। यसपल्ट पनि वर्षा शुरु भएसँगै मंगलबार र बुधबार राति दुई दिन परेको सामान्य वर्षाले समेत धनगढी जलमग्न बनेको छ।धनगढीका अधिकांश वडा र विभिन्न टोल तथा सडक वर्षाका कारण डुबानमा परेका छन्। धनगढीका मुख्य सडक नै जलमग्न हुँदा आवतजावतमा पनि समस्या उत्पन्न भएको छ।विगत चार वर्षयता मुख्य बजारको यो क्षेत्र सामान्य वर्षामा पनि जलमग्न हुँदै आएको छ। पछिल्ला वर्षमा खोलानाला अतिक्रमणको चपेटामा परेका कारण धनगढी जलमग्न हुने गरेको यहाँका स्थानीय बासिन्दा