पोखरा महानगरपालिकामा ‘एक घर एक वृक्षरोपण’ कार्यक्रम सञ्चालन गरिने भएको छ । महानगरका मेयर धनराज आचार्यले अबको तीन महिना भित्र प्रत्येक घरमा विरुवा रोप्ने घोषणा गरे । आइतवार ५० औं विश्व वातावरण दिवसको अवसरमा महानगरपालिकाले आयोजना गरेको वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै उनले एक घर एक वृक्षरोपण कार्यक्रमका लागि महानगरले नै आवश्यक विरुवा उपलब्ध गराउने समेत जानकारी दिए । त्यसका लागि वातावरण शाखाले तयारी अगाडि बढाउने उनले बताएका छन् । केही वर्ष अगाडि सेती नदीमा आएको अप्रत