मधेसलाई हेर्ने दृष्टिकोणमा ओलीको स्वार्थ : काठमाडौंमा धोती जुलुस !

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) (ओली समूह) का अध्यक्ष केपी शर्मा ओली कुनै समय मधेशीका बारेमा अनेक अपमानजनक शब्दहरु प्रयोग गर्न पछि पर्दैनथिए । संविधान संशोधनको माग राख्दै मधेशमा मानवसाङ्लो बनाउँदा अध्यक्ष ओलीले त्यसलाई ‘माखे साङ्लो’ उपमा दिन भ्याएका थिए । त्यतिमात्र होइन, मधेश आन्दोलनको क्रममा मानिसको मृत्यु हुँदा समेत उनले ‘एक दुईटा आँप झर्दैमा केही नहुने’ अभिव्यक्ति दिएर विवादित बनेका थिए । तर, आज समय फेरिएको छ । ओलीको मधेसल