तीन दिन देशभर वर्षा

काठमाडौँ । अझै केही दिन मनसुन सक्रिय हुने भएको छ । बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावाको प्रभावका कारण मनसुनी गतिविधि सक्रिय रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् समीर श्रेष्ठले बताए । उनका अनुसार आगामी तीन दिन देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।