सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभाका दुई सांसद हटाएको बिषयमा विपक्षीसँग लिखित जवाफ पेस गर्न आदेश दिएको छ । आइतबार न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले माओवादी सांसदहरु दधिराम न्यौपाने र दिनेश पन्थीलाई सांसद पदबाट हटाएको विषयमा विपक्षीसँग लिखित जवाफ माग गरेको हो । इजलासमा पक्ष र विपक्षी वकिलहरूको कुरा सुनेपछि लिखित जवाफ माग गरिएको जनाइएको छ । नेकपा माओवादी केन्द्रबाट निर्वाचित सांसद न्यौपाने र पन्थीलाई पार्टीले कारवाही गरेको पत्र पठाएपछि लुम्बिनी प्रदेशसभाले हटाएको थियो । उनीहरुले द