वैदेशिक रोजगारीले दिएको पीडाः १४ वर्षदेखि छोरी हराएको पीडामा ७३ वर्षीया आमा

झापा – एउटी आमाका लागि एकछिन छोरी बाहिर निस्केका बेला ‘कतिबेला घर आउलिन्’ भन्ने चिन्ता रहन्छ। एक दिन छोरा वा छोरी सम्पर्कविहीन रहँदा बुवा-आमाका लागि कतिको चिन्ताको विषय हुन्छ भन्ने छोरा-छोरीका बुवा-आमालाई सोधे पुग्छ। तर झापाकी एक महिला १४ वर्षसम्म बेपत्ता भएर उनकी आमा अहिले छोरी आउलिन् भनेर कुरेर बसेकी छन्। यो परिस्थिति अवैध बाटो […]

सम्बन्धित सामग्री

दोस्रो चौमासमा लक्ष्यको आधा उठ्यो आन्तरिक ऋण

काठमाडौं । चालू आर्थिक वर्षमा सरकारले २ खर्ब २५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य लिएअनुसार दोस्रो चौमाससम्ममा आधा (५०.२२ प्रतिशत) मात्र उठाएको छ । हालसम्म नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल, नागरिक बचतपत्र, वैदेशिक रोजगार बचतपत्र, विकास ऋणपत्रमार्फत १ खर्ब १३ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको हो । तेस्रो चौमासमा लक्ष्यको करिब आधा उठाउन बाँकी छ । तेस्रो चौमासमा केन्द्रीय बैंकले सरकारका लागि आन्तरिक ऋण  आक्रामक रूपमा उठाउन थालेको छ । चालू आवको अन्तिम २ महीना बाँकी रहँदा तेस्रो चौमासमा १ खर्ब १२ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन बैंकले दैनिकजसो ऋणपत्र विक्री खुलाएको छ । यसै क्रममा राष्ट्र बैंकले ५० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्रको विक्री खुला गरेको छ । बैंकले सरकारको वार्षिक तालिका अनुसार जेठ १३ देखि २०७८ असार ३ गतेसम्म  गतेसम्म उक्त बचतपत्रको विक्री खुला गरेको हो । पाँचवर्षे अवधिको ‘वैदेशिक रोजगार बचतपत्र २०८३’ को निष्कासन आगामी असार ८ गते गरिनेछ । सो बचतपत्रको ब्याजदर १० प्रतिशत तोकिएको छ भने ६–६ महीनामा ब्याज भुक्तानी हुनेछ । साथै, साँवा भुक्तानी २०८३ असार ८ गते गरिने केन्द्रीय बैंकले बताएको छ । लगानीकर्ताले घटीमा १० हजार रुपैयाँ र बढीमा १० हजारले भाग गर्दा निःशेष भाग जानेगरी आह्वान गरिएको रकमसम्म खरीद गर्न पाउनेछन् । मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ६ महीना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपालीले आपूm वा आफ्नो परिवारका सदस्य (बुवा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी मात्र)को नाममा यो ऋणपत्र खरीद गर्न सक्नेछन् । चौमासमा राष्ट्र बैंकले सरकारका लागि पहिलो चौमासमा ५७ अर्ब रुपैयाँ र दोस्रो चौमासमा ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य लिएको थियो । यद्यपि, पटक पटक गरेर चालू आवमा विकास ऋणपत्रमार्फत १ खर्ब ३० उठाउने लक्ष्य राखेको छ । यस्तै, ९० अर्बको ट्रेजरी बिल, ४ अर्बको नागरिक बचतपत्र र १ अर्बको वैदेशिक रोजगारी बचतपत्रमार्फत सरकारलाई आवश्यक पर्ने आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ ।