मुस्ताङमा हिमपात : वर्षासँगै जाडो बढ्यो

म्याग्दी । हिमालपारीको जिल्ला मुस्ताङको लोमान्थाङ क्षेत्रमा हिमपात भएको छ । बुधवार बिहानदेखि यो वर्षकै पहिलो हिमपात भएपछि मुस्ताङबासी खुशी भएका छन् । बदलिँदो मौसमसँगै हिमपात हुँदा स्थानीय कृषक तथा पर्यटक हर्षित भएका हुन् । तल्लो क्षेत्रमा पनि हल्का हिउँ पर्न थालेको र चिसो अत्यधिक बढेको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङका सबै स्थानमा हिमपात भइरहेको छ । तल्लो भेगमा सामान्य र उपल्लो मुस्ताङमा भारी हिमपात भएको छ । हिउँदयाम सकिएर गर्मीयाम शुरू हुने समयमा मुस्ताङमा हिमपात भएको हो । गर्मीयाम शुरू भएकाले तल्लो क्षेत्रमा भएको हिमपात जमीनमा जम्न सकेको छैन । हिमपातले डाँडा र खर्क सेताम्मे बनेका छन् । हिमपात बढ्दै गएमा बुधवार रातीसम्ममा मुस्ताङ हिमपातले ढाकिएर सेताम्मे बन्न सक्ने स्थानीयबासीको अनुमान छ । मुक्तिनाथ दर्शन तथा मुस्ताङ घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकसमेत हिउँ अवलोकन गर्दै रमाउन थालेका छन् । हिउँ परेपछि कृषकहरू समेत खुशी भएका छन् । हिउँदयाममा वर्षा र हिमपात नहुँदा जमीन सुख्खा भएर खेतीसमेत फस्टाउन नसकेको अवस्थामा हिमपात भएकाले सिँचाईंको लागि राहत भएको कृषकहरूको भनाइ छ । हिमपातले मुस्ताङका कृषकलाई आशिंक राहत दिएको कृषि ज्ञानकेन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीले जानकारी दिए । स्याउ बगैंचा र अन्य अन्नबालीको व्यवस्थापनको समयमा हिमपात हुँदा कृषकले लगाएको अन्नबाली फस्टाउने केन्द्र प्रमुख बस्ताकोटीको भनाइ छ ।

सम्बन्धित सामग्री

हिमपात नहुँदा सुक्न थाले हिउँदेबाली, किसान चिन्तित

जुम्ला । पुसकाे अन्तिमसम्म हिमपात नहुँदा खेतमै हिउँदेबाली सुक्न थालेका छन् । हिमपात नभई खडेरी बढ्दै जाँदा किसान चिन्तित बन्दै गएका हुन् । जाडो सिजनमा पनि हिउँ नपरेपछि एकातिर चिसो बढ्दै गएको छ भने अर्कोतिर

हिमपात र चिसोबाट सुरक्षित रहन मनाङ प्रशासनको आग्रह

हिमाली जिल्ला मनाङमा हिमपात नभए पनि अत्यधिक चिसो बढेकाले सुरक्षित रहन आग्रह गरिएको छ । चिसो बढेसँगै जिल्ला प्रशासन मनाङले सूचना जारी गरी सुरक्षित रहन आग्रह गरेको हो। जाडो याममा...

इलामका उच्च पहाडी क्षेत्रमा हिमपात

जिल्लाको उच्च पहाडी क्षेत्र सन्दकपुर, जौबारीलगायतका स्थानमा पुनः हिमपात भएको छ । यसअघि पनि दुईपटक यी ठाउँमा हिमपात भएको थियो । यसपटक भने यसभन्दा तल माइमझुवा, टप्पु, राँके, साँधुटारलगायत धेरै तलसम्म हिमपात भएको छ । यस्तै राति जिल्लाका अधिकांश स्थानमा पानीसमेत परेको छ ।    उच्च पहाडी क्षेत्रमा मात्र हिमपात र झरी परेपछि सदरमुकाम इलामसहित जिल्लाका अन्य स्थानमा जाडो बढेको छ । यसबाट बालबालिका र वृद्धवृद्धालाई समस्या भएको छ ।  सन्दकपुर गाउँपालिकाको सन्दकपुर, जौबारी, कालपोखरी, गैरीबास इला

ताप्लेजुङमा बाक्लो हिमपात (तस्बिरहरु)

ताप्लेजुङ, पुस २९ । ताप्लेजुङमा दोस्रोपटक हिमपात भएको छ । समुद्र सतहदेखि तीन हजार ४०० मिटर उचाइमा अवस्थित फक्ताङलुङ गाउँपालिका–६ घुन्सागाउँलगायत क्षेत्रमा हिमपात भएको छ । हिमपातसँगै जाडो बढेपछि यहाँको जनजीवन प्रभावित बनेको छ । गत राति बाक्लो हिमपात भएको थियो । घुन्साका केल्साङ शेर्पाका अनुसार चिसोले बाहिर निस्कन समस्या भएको छ । चिसो बढेकाले […]

ताप्लेजुङमा हिमपात, जनजीवन प्रभावित

ताप्लेजुङमा दोस्रोपटक हिमपात भएको छ । समुद्र सतहदेखि तीन हजार ४०० मिटर उचाइमा अवस्थित फक्ताङलुङ  गाउँपालिका–६ घुन्सागाउँलगायत क्षेत्रमा हिमपात भएको छ । हिमपातसँगै जाडो बढेपछि यहाँको जनजीवन प्रभावित बनेको छ ।गए राति बाक्लो हिमपात भएको थियो । घुन्साका केल्साङ शेर्पाका अनुसार चिसोले बाहिर निस्कन समस्या भएको  छ ।  चिसो बढेकाले बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् । घुन्साका टासीतेन्जी शेर्पाका अनुसार हिमपातका कारण पशुचौपाया बचाउन मुश्किल भएको छ । यस्तै समुद्र सत

बाजुरामा हिमपात , शिक्षण संस्था बन्द

मार्तडी । तीनदेखिको मौसम बदलीसँगै हिमाली र पहाडी जिल्लामा मङ्गलबार रातिबाट हिमपात सुरु भएको छ । हिमाली जिल्ला बाजुरामा पनि हिमपात सुरु भएको छ । हिमपातसँगै जिल्लामा जाडो बढेको छ । हिमाली क्षेत्रका धेरै ठाउँमा गए रातिदेखि परेको हिमपातले जनजीवन निकै कष्टकर बनाएको छ । लामो समयदेखि पानी नपर्दा समस्यामा परेका किसान हिमपात र पानी […]

जाडो छल्न आधाभन्दा बढी स्थानीयले छाडे घुन्सा गाउँ

ताप्लेजुङ-  ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ घुन्सा गाउँमा हिमपात सुरु भएसँगै आधाभन्दा बढी घरपरिवारले गाउँ छाडेका छन् । ३७ घरपरिवार रहेको घुन्सामा अहिले २५ घरपरिवारले जाडो छल्न घुन्सा छाडेका हुन् । घुन्सा विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमालको प्रवेशद्वारमा पर्ने एक पर्यटकीय बस्ती हो । घुन्सा गाउँमा हिमाली शेर्पा समुदायको बसोबास छ । यो गाउँ समुद्र सतहदेखि ३५०० […]

आजको मौसमः तराईमा शितलहर, हिमालमा हिमपात

काठमाडौं, पुस ३ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पछिल्लो समयमा नेपालमा जाडो बढ्दै गएको छ । सोहि प्रभावका कारण देशका उच्च हिमाली भेगम बाक्लो हिमपातसंगै पाहाडी भेगमा जाडो र तराईमा शितलहर सुरु भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि देशका सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी र बागमती प्रदेशका उच्च […]

आजको मौसमः तराईमा शितलहर, हिमालमा हिमपात

काठमाडौं, मंसिर १५ । पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावले पछिल्लो समयमा नेपालमा समेत जाडो बढ्दै गएको छ । सोहि प्रभावका कारण देशका उच्च हिमाली भेगम बाक्लो हिमपातसंगै पाहाडी भेगमा जाडो र तराईमा शितलहर सुरु भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि देशका सुदूरपश्चिम प्रदेश, कर्णाली […]

पुनः हिमपात हुन नसके स्याउ उत्पादन बढ्न नसक्ने चिन्ता

यस वर्षको जाडो मौसममा कर्णाली प्रदेशमा अपेक्षित रुपमा हिमपात र वर्षा दुवै हुन सकेको छैन । साविकको कर्णालीका ५ जिल्लामा हिउँ र बाँकी ५ जिल्लामा वर्षा हुने यो चिसो मौसमा हिमपात र वर्षा दुवै नहुँदा विशेष गरी किसान चिन्तित बनेका छन् । कालीकोटको माथिल्लो क्षेत्र तथा हुम्ला, डोल्पा, मुगु, जुम्लामा बर्सेनि पुस र माघ महिनामा भारी हिमपात हुने गरे पनि यो वर्ष किसानले सोचे अनुसार हिमपात हुनसकेन भने जाडोसमेत घट्न सकेको छैन । जाडो मौसममा भारी हिमपात नभएका कारण हिमाली जिल्लामा लगाइएको जौ, गहुँ र उवा बालीको उत्पादन घट्ने ...