मुख्यमन्त्रीहरु भन्छन्ः खोप अभियान प्रभावकारी बनाउछौँ

सङ्घीय सरकारले कोभिड–१९ विरुद्धको खोप प्रदान गर्न राखेको प्रतिबद्धतालाई लक्षित वर्गसमक्ष पुर्‍याउन प्रदेश सरकारका मुख्यमन्त्रीहरूले खोप अभियानलाई प्रभावकारीरूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन्।...

सम्बन्धित सामग्री

सुर्खेतमा दादुराविरुद्धको खोप अभियान प्रभावकारी

सुर्खेत । सुर्खेतमा दादुरा रुवेला खोप अभियान प्रभावकारी बन्दै गएको छ । केही समय पहिला सुर्खेतमा पाँच जनामा दादुरा देखापरेको थियो । ६५ जना शंकास्पद बिरामीको चेकजाँच गर्दा उनीहरूमा दादुरा भेटिएको थियो । जसमा वीरेन्द्रनगर र चिङ्गाडका दुईदुई तथा गुर्भाकोटका एक जनामा दादुरा भेटिएको थियो । सुर्खेतका नौ वटै स्थानीय तहमा जेठ २८ गते खोप […]

टाइफाइडविरुद्धको खोप अभियान प्रभावकारी बनाउन मन्त्री खतिवडाको निर्देशन

स्वास्थ्यमन्त्री विरोध खतिवडाले शुक्रबारदेखि देशैभरि प्रारम्भ भएको टाइफाइडविरुद्धको राष्ट्रिय खोप अभियानलाई प्रभावकारी ढङ्गबाट सञ्चालन गरी तोकिएकै अवधिभित्र पूर्णता दिइसक्न सरोकारवालाहरुलाई निर्देशन दिएका छन्।

खोप अभियान प्रभावकारी बनाउन सुझाव

काठमाडौं । तीव्रगतिमा फैलिरहेको कोरोना संक्रमण नियन्त्रणमा लिन सरकारले विशेषज्ञ चिकित्सकसँग छलफल गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले शनिवार नेपाल मेडिकल काउन्सिल, नेपाल मेडिकल एशोसिएशनका पदाधिकारी तथा संक्रामक रोग विशेषज्ञसँग कोरोना नियन्त्रणबारे छलफल गर्नुभएको हो । छलफलमा नेपालमा कोरोना संक्रमणको विद्यमान अवस्था, आगामी दिनमा कसरी अगाडि बढ्ने तथा बढिरहेको संक्रमण कसरी रोक्ने भन्ने विषयमा विशेषज्ञले सुझाव राखेका छन् । चिकित्सकहरूले ओमिक्रोन भेरियन्टलाई नियन्त्रणमा लिन सरकारले चाल्नुपर्ने कदमबारे ध्यानाकर्षण गराएका छन् । सहभागी विशेषज्ञ चिकित्सकले कोरोना संक्रमण परीक्षणको दायरा बढाउनुपर्ने, काठमाडौं उपत्यकामा मात्र नभई प्रत्येक जिल्लामा डेडिकेटेड कोभिड अस्पतालल बनाउनुपर्ने, आइसोलेशन सेन्टर, होल्डिङ सेन्टर बनाउनुपर्ने, महामारीविरुद्ध लड्न पर्याप्त जनशक्तिको व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन् । पछिल्ला केही दिनयता संक्रमितको उपचारमा संलग्न चिकित्सकसमेत संक्रमणको मारमा परेका छन् । त्रिवि शिक्षण, वीरलगायत अस्पतालका स्वास्थ्यकर्मीमा ठूलो संख्यामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्यकर्मीमा संक्रमण फैलँदा नागरिकले उपचार नपाउने जोखिम बढेको छ । केही अस्पतालका चिकित्सक, नर्समा संक्रमण देखिएको, जनशक्तिको अभाव भएको, दक्ष जनशक्तिको अभाव कसरी पूरा गर्ने र स्वास्थ्यकर्मीको स्वास्थ्य स्थितिलाई कसरी मजबूत बनाउने भन्नेबारे चिकित्सकहरूले सुझाव दिएको पाटन अस्पतालका संक्रामक रोग विशेषज्ञ डा. जनक कोइरालाले जानकारी दिए । सरकारले कोरोना नियन्त्रणका लागि विभिन्न आदेश जारी गरेको छ । सरकारले जारी गरेका आदेशको कार्यान्वयन गर्न क्रियाशील हुनुपर्ने विज्ञहरूको सुझाव थियो । अनावश्यक भीडभाड नगर्ने, अत्यावश्यक अवस्थामा बाहेक घर बाहिर ननिस्कने भनी सरकारले भनिरहे पनि अझै पनि भीडभाड देखिएको भन्दै चिकित्सकहरूले चिन्ता व्यक्त गरेका थिए । जनस्वास्थ्यका मापदण्ड पालनामा सरकारले कडाइ गर्नुपर्ने चिकित्सकको सुझाव थियो । चिकित्सकहरूले तत्कालै लकडाउन गर्नुपर्ने अवस्था नरहेको भन्दै सरकारलाई जारी आदेशको कार्यान्वयन र स्वास्थ्य मापदण्डको पालनामा कडाइ गर्न सुझाव दिएका थिए । ‘छलफलमा सहभागी चिकित्सकहरूले अहिले नै लकडाउन गर्नुपर्छ भनेर सिफारिस गर्नुभएको छैन, लकडाउन त्यो अवस्थामा गर्नुपर्छ, जतिबेला हाम्रो स्वास्थ्य प्रणालीले धान्न सक्दैन, अस्पतालमा अक्सिजन र बेड पुग्दैन,’ छलफलमा उठेका विषयबारे प्रकाश पार्दै प्राडा कोइरालाले भने, ‘स्वास्थ्य मन्त्रालयका सचिवले अहिले नै अस्पताल नभरिएको र यसअघिका तुलनामा अहिले अस्पतालमा व्यवस्थापन पनि राम्रोसँग भइरहेको जानकारी गराउनुभयो ।’ चिकित्सकहरूले लकडाउन गर्नुपरे पनि देशव्यापी रूपमा नभई स्मार्ट लकडाउनका रूपमा गर्न सकिने सुझाव राखेका थिए । रासस

चेपाङ समुदायमा कोभिड खोप अभियान प्रभावकारी बनाउन मन्त्री लामाको निर्देशन

चेपाङ बाहुल्य क्षेत्रमा कोभिडविरूद्धको खोप अभियान प्रभावकारी बनाउन बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले छलफल गरेका छन् । मन्त्रालयमा शुक्रबार मकवानपुरका चेपाङ बाहुल्य क्षेत्रका प्रतिनिधिहरूसँग कोभिड खोप अभियान प्रभावकारी बनाउन छलफल गरेका हुन् । बागमती प्रदेशका चेपाङ बाहुल्य क्षेत्रमा कोभिड–१९ विरूद्धको खोप लगाउने नागरिकको दर कम पाइएपछि मन्त्री लामाले त्यस समुदाय र क्षेत्रलाई लक्षित गरि खोप अभियान सञ्चालन गर्न सम्बन्धित पक्षलाई निर्देशन समेत दिएका छन् भने त्यस क्षेत्रका अगुवाह

कोरोनाविरुद्ध खोप अभियान चलाउने अवधारणा

खोप अभियान प्रभावकारी बनाउने थप योजना तय गर्न आउँदो माघ ५ गते स्थानीय तहका प्रमुख÷उपप्रमुख र प्रशासकीय अधिकृतहरुसँगको समन्वय बैठक समेत गर्ने निर्णय भएको निमित्त स्वास्थ्य प्रमुख राजकुमार पोखरेलले जानकारी दिए।...

काठमाडौं उपत्यकामा ४० प्रतिशतले लगाए कोरोना विरुद्धको दुवै डोज खोप

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको रोकथाम र नियन्त्रलाई प्रमुख प्राथमिकताका बनाएर कोरोना बिरुद्धको खोप अभियान प्रभावकारी रुपमा सुरु गरेपछि ४० प्रतिशतले कोरोनाको दुवै डोज खोप लगाएका हुन्।...

'अब समुदायस्तरमै खोप अभियान'

काठमाण्डाै - कोरोना भाइरसविरुद्धको खोप अभियान प्रभावकारी रुपमा अगाडि बढिरहेको छ । सबैभन्दा राम्रो पक्ष भनेको खोप लगाएकामध्ये अहिलेसम्म कसैलाई पनि गम्भीर स्वास्थ्य समस्या देखिएको छैन । केहीलाई भने सामान्य खालका असर देखिएका छन्  ।    ५५ वर्षमाथिका सबैलाई आउँदो फागुन २३ गतेदेखि खोप लगाउने तयारी भइरहेको छ । यो भनेको फागुन २३ देखि नै समुदायस्तरमा  लगाइँदैछ भन्ने बुझ्नु पर्छ ।  समुदायमा गएर उमेर समूहअनुसार खोप दिइनेछ । समुदायस्तरमा गएपछि पहिलो प्राथमिकतामा ५५ वर्षभन्दा माथि उमेर समूहका पर्नुहुन्छ...

खोप अभियान प्रभावकारी बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोनाविरुद्धको खोप अभियान प्रभावकारी बनाउन स्वास्थ्य निर्देशनालय र खोप केन्द्रका अधिकारीलाई निर्देशन दिएका छन्। शनिबार लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भैरहवामा खोप अभियानको निरीक्षणका क्रममा उनले पहिलो चरणमा प्रभावकारी ढङ्गले स्वास्थ्यकर्मी र सफाइकर्मीलाई खोप प्रदान गर्न आग्रह गरे।

कोरोना खोप अभियान प्रभावकारी बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोनाविरुद्धको खोप अभियान प्रभावकारी बनाउन स्वास्थ्य निर्देशनालय र खोप केन्द्रका अधिकारीलाई निर्देशन दिएका छन् । आज लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भैरहवामा खोप अभियानको निरीक्षणका क्रममा उहाँले पहिलो चरणमा प्रभावकारी ढङ्गले स्वास्थ्यकर्मी र सफाइकर्मीलाई खोप प्रदान गर्न आग्रह गरे ।उहाँले नेपालमा आएको खोप अरु देशमा परीक्षण भइसकेकाले ढुक्क भएर लगाउन अनुरोध गर्दै सरसफाइकर्मी सहजरूपमा खोप केन्द्रसम्म आउने वातावरण बनाउन निर्देशन दिए । खोप अभियानका

खोप अभियान प्रभावकारी बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन

रुपन्देही । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोनाविरुद्धको खोप अभियान प्रभावकारी बनाउन