उपराष्ट्रपतिसँग फ्रान्सेली राजदूतको भेटवार्ता

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि फ्रान्सेली राजदूत गिल्स बोरबाओले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । उपराष्ट्रपति कार्यालयमा मंगलबार भएको भेटवार्तामा उपराष्ट्रपति यादवले सन् १९४९ मा कूटनीतिक सम्बन्ध स्थापना भएपश्चात नेपाल र फ्रान्सबीचको सम्बन्ध मैत्रीपूर्ण तथा सौहार्दपूर्ण रहेको उल्लेख गर्दै नेपालले दुई मुलुकबीचको सम्बन्धलाई उच्च प्राथमिकता दिँदै आएको बताउनुभएको थियो । उपराष्ट्रपति यादवले भन्नुभयो, “उच्च राजनीतिक नेतृत्व …