भूकम्पले भत्किएका २९४ गुम्बा मर्मत सम्भार

छ वर्ष अघिको गोरखा भूकम्पले भत्किएका २९४ गुम्बाको मर्मत सम्भार गरिएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले एक हजार ३२० गुम्बामा क्षति पुगेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । त्यसमध्ये मर्मत सम्भार गर्नुपर्ने ४०२ गुम्बामा २९४ को काम सकिएको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिए।  भूकम्पपछि गरिएको स्थलगत अध्ययनका क्रममा ८९५ गुम्बा पुनर्निर्माण गर्नुपर्ने भेटिएको छ । सोमा १०० वर्षभन्दा पुराना गुम्बाको सङ्ख्या २५० छ । हाल १०० वर्षभन्दा पुराना पाँच गुम्बाको पुनःनिर्माण भइरहेको उनले सुनाए ।  ...