जुम्ला – जुम्लामा गिट्टी, बालुवाको अबैध उत्खनन रोक्ने र नियमित अनुगमन गर्ने निर्णय भएको छ। जिल्ला समन्वय समितिको पाँचौ जिल्ला सभाले गिट्टी, बालुवाको अवैध उत्खनन रोक्न नियमित अनुगमनको निर्णय गरेको हो। जिल्ला समन्वयन समितिका प्रमुख गौरीनन्द आचार्यले अब नियमित अनुगमन हुने बताए। सभाले अलपत्र पूर्वाधार विकासको निरन्तरतासहित ११ वटा निर्णय गरेको छ।