एनआरआईसी नवौ वर्षमा प्रवेश: ६८ कम्पनीसँग सम्बन्ध, लगानीकर्तालाई उचित प्रतिफलको प्रतिवद्दता

नेपाल पुनर्बीमा कम्पनी आज ८ वर्ष पुरा गरि नवौ वर्षमा प्रवेश गरेको छ । यस अवधिमा कम्पनीले नेपाल भित्रका ३१ बीमा कम्पनी, र २१ विदेशी मुलुकका २९ पुनर्बीमा कम्पनी गरि कुल ६८ कम्पनीसँग व्यवसायीक सम्बन्ध स्थापना गरेको छ ।कम्पनी नवौ वर्षमा प्रवेश गरेको अवसरमा कम्पनीका अध्यक्ष डा. रबिन्द्र घिमिरेले नेपाल रिले अग्रस्थानमा रहेर सहकार्य गर्दै आइरहेको र आगामी दिनमा बिशाल जोखिमका लागि सहरक्षावरण कोषको स्थापना गर्ने, कम्पनीको वित्तीय अवस्था सबल बनाउँदै लैजाने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा व्यवसायिक सम्बन्धलाई अझै सुमधुर बनाउने, समग्र बीमा उद्योगको प्रवर्द्धन र विस्तार गर्ने, गुणस्तरीय मानव संशाधन विकास र बीमा क्षेत्रको अनुसन्धान, प्रकाशन, तथा जनचेतना अभिवृद्धिका लागि आवश्यक योगदान गर्ने, जोखिम व्यवस्थापन र जोखिम हस्तान्तरणबाट मानव जीवनलाई शान्त र आर्थिक क्षेत्रलाई सक्रिय बनाउँदै आर्थिक विकासमा योगदान गर्ने प्रतिवद्दता जनाएका छन्  । त्यस्तै उनले लगानीकर्ताहरूलाई उचित प्रतिफल उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।यस्तो छ उनको प्रतिवद्धतापत्रको पूर्णपाठ: नेपाल पुनर्बीमा कम्पनी लि. आज आठ वर्ष पूरा गरी नवौं वर्ष प्रवेश गरेको उपलक्ष्यमा यस कम्पनीलाई स्थापना कालदेखि आजको अवस्थासम्म ल्याई पुयाउन अमूल्य सहयोग गर्नु हुने नेपाल सरकार, अर्थ मन्त्रालय, बीमा समिति लगायत सबै नियामक निकायहरु, बीमा समितिका पूर्व तथा वर्तमान अध्यक्ष तथा संचालकहरु, स्वदेशी तथा विदेशी बीमा तथा पुनर्बीमा कम्पनी, पुनर्बीमा दलाल, आकस्मिक बीमा कोष स्थापनाकाल देखि आजसम्म संचालक समिति र विभिन्न समिति, उपसमिति, कार्यदलहरूमा रही योगदान गर्नुहुने व्यक्तित्वहरू, उच्च व्यवस्थापनमा रही योगदान गर्नुहुने वर्तमान तथा पूर्व कर्मचारीहरु, एक्चुरी, सर्भेयर, अभिकर्ता, परमार्शदाताहरु, अनुसन्धानकर्ता, नीति निर्माता, प्राज्ञिक र प्रोफेसनल पत्रकार, लगायतलाई बीमा क्षेत्रमा कार्यरत सबै प्रति हार्दिक आभार व्यक्त गर्दै यस कम्पनीलाई एशिया प्रशान्त क्षेत्रको एक सशक्त पुनर्बीमकको स्थानमा पुयाउने हाम्रो लक्ष्यलाई मूर्त रुप दिनका लागि आ-आफ्नो स्थानबाट सक्दो सहयोग, सुझाव र सहकार्यको समेत अपेक्षा राखेको छौं ।नेपालमा पहिलो बीमा कम्पनी स्थापना भएको ६७ वर्ष पछि नेपाल सरकार र बीमा कम्पनीहरुको संयुक्त पहलमा नेपालको पहिलो पुनर्बीमा कम्पनीको रुपमा बि.सं २०७१ कार्तिक २१ गते नेपाल पुनर्बीमा कम्पनी लि. (Nepal Re) को स्थापना भएको तथ्य यहाँहरुलाई अवगत नै छ। तत्कालिन समयमा यस कम्पनी स्थापना गर्नुको मूल उद्देश्य स्वदेशी तथा विदेशी बीमा कम्पनीहरूलाई गुणस्तरीय, भरपर्दो र विश्वसनीय पुनर्बीमा सेवा प्रदान गर्नु र पुनर्बीमा शुल्कको नाममा बाह्य मूलकमा पलायन भइरहेको प्रिमियमको रकमलाई उल्लेख्य रूपमा कम गर्नु रहेको थियो । नेपाल भित्रका ३९ बीमा कम्पनी र २१ विदेशी मूलुकका २९ पुनर्बीमा कम्पनीहरुसँग व्यवसायिक सम्बन्ध रहेको छ । नेपाल रिले उल्लेख्य रुपमा विदेशी मुद्रा आर्जन गर्न सफल भएको छ, बीमा कम्पनीहरुको जोखिम बहन क्षमतामा समेत क्रमशः वृद्धि गर्दै गएको छ, प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आन्तरिक श्रोत र साधनको परिचालन र रोजगारी सिर्जना मार्फत राष्ट्र निर्माणमा सहयोग पुयाएको छ ।बीमा बजारमा एकातिर स्वस्थ्य व्यवसायिक प्रतिस्पर्धा आवश्यक हुन्छ भने अर्को तर्फ बिशाल पैमानामा हुने जोखिमको व्यवस्थापनको लागि कम्पनीहरुका बीच सहकार्य र सहरक्षावरण हुनु जरुरी हुन्छ । नेपाल रिले अग्रस्थानमा रहेर सहकार्य गर्दै आइरहेको छ र आगामी दिनमा बिशाल जोखिमका लागि सहरक्षावरण कोषको स्थापना गर्ने, कम्पनीको वित्तीय अवस्था सबल बनाउँदै लैजाने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा व्यवसायिक सम्बन्धलाई अझै सुमधुर बनाउने, समग्र बीमा उद्योगको प्रवर्द्धन र विस्तार गर्ने, गुणस्तरीय मानव संशाधन विकास र बीमा क्षेत्रको अनुसन्धान, प्रकाशन, तथा जनचेतना अभिवृद्धिका लागि आवश्यक योगदान गर्ने, जोखिम व्यवस्थापन र जोखिम हस्तान्तरणबाट मानव जीवनलाई शान्त र आर्थिक क्षेत्रलाई सक्रिय बनाउँदै आर्थिक विकासमा योगदान गर्ने तथा लगानीकर्ताहरूलाई उचित प्रतिफल उपलब्ध गराउने प्रतिबद्धता यसै अवसरमा ब्यक्त गर्न चाहन्छु ।

सम्बन्धित सामग्री

पाथिभरा एड्भर्टाइजिङ दशौं वर्षमा प्रवेश

इटहरीको पाथीभरा एड्भर्टाइजिङ दशौं वर्षमा र पाथीभरा जब लिंक पाँचौ वर्षमा प्रवेश गरेको छ।

नयाँ वर्षमा प्रकृतिको शुभकामना

नयाँ वर्षमा एकले अर्कोलाई शुभकामना दिनु नौलो होइन। तर, सिरहामामा भने नववर्षमा प्रकृति स्वयंले शुभकामनासँगै ‘फूल’ उपहार दिने गर्छ।...

तीन वर्षमा बन्नुपर्ने पुल आठ वर्षमा पनि बनेन

डोटीको शिखर नगरपालिका–१० बानीडुग्रीसैनस्थित सेती नदीमा निर्माणाधीन पुलको काम आठ वर्षमा जम्मा २० प्रतिशतमात्रै काम सम्पन्न भएको छ । तीन वर्षभित्र निर्माण सम्पन्न सक्ने भनेर सम्झौता गरिएको भए पनि ठेकेदारको लापरवाहीका कारण उक्त पुलको अहिलेसम्म जम्मा २० प्रतिशतमात्रै सम्पन्न भएको छ । विसं २०७४ असार २९ गते काम सम्पन्न गर्ने गरी विसं २०७१ मा ठेक्का …

पाथीभरा एड्भरटाइजिङ ८ वर्षमा

पाथीभरा एड्भरटाइजिङ प्रालि आठ वर्षमा र पाथीभरा जब लिंक तेस्रो वर्ष प्रवेश गरेको छ।

प्रहरीमा १२ वर्षमा बढुवा हुने अवधि ८ वर्षमा झर्‍यो

प्रहरीमा १२ वर्षमा बढुवा हुने अवधि घटाएर ८ वर्षमा झारिने भएको छ । मन्त्रिपरिषद्को निर्णयले प्रहरी उपरीक्षक (एसपी)सम्म १२ वर्ष पुगेपछि बढुवा हुने अवधिलाई घटाएर ८ वर्ष बनाउने निर्णय गरेको हो । कार्यालय सहयोगीको ५ तह बढुवा हुने गरी प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा पठाएको संशोधन मन्त्रिपरिषद्ले स्वीकृति गरेको हो । सहायक हवल्दार, वरिष्ठ हवल्दार र वरिष्ठ सई थपिने भएको छ भने प्रहरीले पाउने तक्माको २ अंक काटेर ज्येष्ठतामा थपिएको छ । ‘एसपीसम्म १२ वर्ष बढुवा हुने कुरालाई ८ वर्षमा झार्ने, कार्यालय सहयोगी ५ तह बनाउने...

दुई वर्षमा सक्नुपर्ने सडक सात वर्षमा पनि नबनेपछि

दुई वर्षमा सम्पन्न गर्ने गरी ठेक्का लागेको भक्तपुर नगरकोट सडक निर्माण सुरु भएको सात वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न नभएपछि चाँगुनारायण नगरपालिकाले जिल्ला प्रशासन कार्यालय भक्तपुरमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाएको छ । कमलविनायकदेखि भत्केको पाटी हुँदै नगरकोट खण्डको १६ किलोमिटर सडक विस्तारका लागि २०७१ असार २ गते नेकपा माओवादी अध्यक्ष प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीको सैलुङ्ग कन्स्ट्रक्सन …

वात्सल्य ५ औं वर्षमा प्रवेश

१४ भदौ, काठमाडौं । वात्सल्य नेचुरल आईभीएफ ५औं वर्षमा प्रवेश गरेको छ । ५ औं वर्षमा प्रवेश गरेको अवसरमा वात्सल्यले प्रजनन् जाँचका लागि आउने दम्पतिलाई नि:शुल्क वाह्य सेवा (ओपीडी) र अल्ट्रासाउण्डको व्यवस्था मिलएको छ । सोमबारदेखि ५ औं वर्षमा प्रवेश गरेको वात्सल्यले यो सेवा भाद्र मसान्तसम्म निःशुल्क दिने जनाएको छ । लामो समयदेखि सन्तान प्राप्त […]

एक वर्षमा १० हजारलाई स्वास्थ्य अनुसन्धानसम्बन्धी तालिम

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले २९ वर्षमा गरेका उपलब्धि पछिल्लो एक वर्षमा भएको प्रतिवेदन सार्वजनिक भएको छ । हालै सम्पन्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद् स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको सातौँ राष्ट्रिय शिखर सम्मेलनद्वारा...

पूरा होला दुई वर्षमा लुम्बिनी गुरुयोजना ?

१६ जेठ, बुटवल । १७ वर्षमा पूरा गर्ने भनिएपनि ४३ वर्षसम्म पूरा हुन नसकेको लुम्बिनी गुरुयोजना अबको दुईदेखि तीन वर्षमा पूरा हुने भएको छ । संघीय सरकारले शनिबार ल्याएको बजेटमा आउँदो आर्थिक वर्षका लागि एक अर्ब ५० करोड बजेट छुट्टाउँदै दुई वर्षमा पूरा हुने घोषणा गरिएसँगै लुम्बिनी गुरुयोजना छिट्टै पूरा हुने आशा पलाएको हो । […]