आठौं संस्करणको न्यूबिज बिजनेस् कन्क्लेभ एण्ड अवार्डस् : सहभागी बिशिष्ठहरूको प्रतिक्रिया

निर्धक्कसँग लगानी गर्ने वातावरण बन्दै छ दामोदर भण्डारी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लगानीकर्ताले ढुक्कसँग लगानी गर्ने वातावरण बनाउन लागिएको छ । लगानी गर्न इच्छुक दातृ निकाय र निजीक्षेत्रलाई नीतिगत समस्या रहेका छैनन् । निर्धक्क भएर लगानी गर्ने वातावरण बनाउँदै छौं । समस्यासँग जुधेर आएको निजीक्षेत्रलाई समेटेर अगाडि बढ्न सरकार प्रतिबद्ध समेत छ । सरकारले स्टार्टअपको नीतिलाई प्राथमिकतामा राखेर नेपाली उत्पादनलाई प्रोत्साहित समेत गरेको छ । अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहे पनि समाधानका उपायहरू छन्, यसका लागि राज्यले काम थालिसकेको छ । सरकारले आफ्ना साझा संकल्पबाट समेत आर्थिक व्यावसायिक क्षेत्रका निराशा चिर्दै आशा जगाउने भनिसकेको छ । यसमा हामी प्रतिबद्ध छौं । सरकारले सार्वजनिक गरेको अवधारणा अनुसार त्यसकै जगमा अगाडि बढ्न खोज्दै छौं । लगानी किन भित्रिएको छैन ? लगानीको वातावरण किन बनेन ? नेपालको ठूलो जनशक्ति किन विदेशिँदै छ ? भन्नेबारे समेत हामी खोजीनीति गर्दै छौं । नेपालमा प्रचुर सम्भावना हुँदाहुँदै पनि निराशा छ, यसलाई चिर्नुपर्ने छ । यसका कारण धेरै होलान् । नीतिगत अस्पष्टताका कारण पनि होला, यसमा सरकार संवेदनशील बनेर काम गर्नेछ । आर्थिक क्षेत्रको संकटमोचनका लागि लगानी सम्मेलन गर्न पनि लागिएको छ । सम्मेलनको समय पारेर निजीक्षेत्र र दातृ निकायलाई सहज बनाउन करीब एक दर्जन कानून संशोधन गर्न लागिएको छ । यसले पनि थप लगानीमैत्री वातावरणको सृजना गर्नेछ भने उद्योगी व्यवसायीको मनोबल बढाउने काम गर्नेछ ।  व्यवसायलाई थप उचाइमा पुर्‍याउनेछौं प्रवीणबहादुर पाण्डे प्रबन्ध निर्देशक, सांग्रिला होटेल न्यू बिजनेश एजले यस वर्ष बुबालाई प्रदान गरेको ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ उहाँको अनुपस्थितिमा हामीले ग्रहण गर्‍यौं । बुबाले पहिलादेखि नै आफूमात्र नभई देश र समाजका लागि केही गर्नुपर्छ भन्दै आउनुभएको छ । नेपालका सुन्दर र उत्कृष्ट पर्यटकीय ठाउँहरू काठमाडौं, पोखरा र चितवनमा आजभन्दा ५५ वर्षअघि नै सांग्रिला होटलको अवधारणा शुरू भएको हो । त्यसपछि बुबाकै आशिर्वादले हामीले विश्वकै उत्कृष्ट आतिथ्य ब्राण्ड भित्त्याउँदै छौं । यी यावत् योजना अघि बढाउँदा उहाँको योगदान सधैं रहँदै आएको छ । बुबाले शून्यबाट व्यवसाय शुरू गर्नुभएको थियो । बुबाबाट प्रेरणा लिएर हाम्रा व्यवसायलाई थप उचाइमा पुर्‍याउन काम गरिरहेका छौं । साथै नेपालमा विभिन्न कालखण्डमा समस्या आउँदा व्यवसायमा पनि समस्या भएकै हुन्छ । शुरुआतमा बाधाहरू हुन्छन् नै । यसबाट कसरी सफलतातर्फ जाने भन्ने कुरा हामीमै निर्भर हुन्छ । ज्ञान, शीप, अनुभव र अवसरका लागि नेपालबाट युवाहरू विदेशिनु राम्रो हो । तर देश नै असफल भयो भन्दै बाहिर जानुभन्दा यही अनगिन्ती अवसर छन्, त्यसलाई चिनेर सदुपयोग गर्न सक्नुपर्छ । व्यावसायिक अवस्था सुधार्न हामी आफै लागौं रञ्जित आचार्य  प्रमुख कार्यकारी अधिकृत, प्रिज्मा एड्भर्टाइजिङ नेपाली अर्थतन्त्र अहिले विभिन्न अप्ठ्यारोबाट गुज्रिएको छ । बैंकबाट कर्जा प्रवाह हुँदैन । धेरै उद्योगहरू कम क्षमतामा चलिरहेका छन् । स्वदेशी तथा विदेशी लगानी आगमन ठप्प जस्तै छ । यो अवस्थाबाट माथि उठ्न हामी बिजनेश कम्युनिटीले आफैले प्रयास गरौं । अहिलेको यो अवस्थाका बीच पर्यटन क्षेत्र सकारात्मक लयमा छ । होटेल क्षेत्रमा लगानी बढेको छ । पर्यटक आगमन पनि सन् २०१९ को अवस्थामा फर्किएको छ । अब यो क्षेत्रमा गुणस्तरीय पर्यटक ल्याउन पहल गरौं । अर्काेतर्फ, सरकारले आउँदो वैशाखमा लगानी सम्मेलन गर्दैछ । यसले स्वदेशी तथा विदेशी लगानी ल्याउनका लागि सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास छ । निजी क्षेत्रले स्टार्टअप नीति तयार पारेर सरकारसमक्ष पेश गरेको धेरै भयो । यसलाई सरकारले छिटो कार्यान्वयनमा ल्याउनुपर्छ । स्टार्टअप नीतिले विदेशिने युवाहरूलाई रोक्ने योजना राखेको छ । अहिले निजीक्षेत्रले भरोसा गुमाउनु हुँदैन सेवा पाठक प्रमुख कार्यकारी अधिकृत, भायनेट कम्युनिकेशन प्रालि अहिले निजीक्षेत्रले आशा भरोसा गुमाउनेभन्दा आशावादी भएर काम गर्नुपर्ने बेला हो । नेपालमा अहिले आइटी क्षेत्र फैलदो अवस्थामा छ । अहिलेको अवस्थामा कसरी व्यवसायलाई अगाडि बढाउने भन्ने विषयमा भरपुर छलफल हुनुपर्छ । इनोभेसनसहित गुणस्तरीय सेवा प्रवाहमा पनि लाग्न सके व्यवसायका साथै आर्थिक समृद्धि पनि हासिल गर्न समस्या हुँदैन । १५ वर्षयताको इन्टरनेट व्यवसाय हेर्दा सकारात्मक अवस्थामा छ । अहिले यसको पेनेट्रेशन ९० प्रतिशतसम्म पुगेको छ । ३० अर्ब रूपैयाँ बराबरको लगानी यो क्षेत्रमा छ । पछिल्लो समय स्टार्टअपको संस्कार पनि बढ्दै आएकाले यो क्षेत्रले आशा पनि जगाएको छ । यो क्षेत्रमा हजारौंले रोजगारी पाएका छन् भने निर्यातबाट योगदान पनि पुगेको छ । कोभिडपछि ग्राजुएट तथा पोष्ट ग्राजुएट जनशक्तिलाई नेपालमा राख्न समस्या छ । धेरैले नेपालमा भविष्य देख्दैनन् । नेपालमै कसरी युवाहरूलाई राख्ने भन्ने रणनीति चाहिन्छ । अहिलेको युग एआइको पनि हो । घरबाटै काम गर्न सक्ने वातावरण बनाउन सके महिलालाई रोजगारीका अवसर सृजना गर्न सकिन्छ । जनशक्तिलाई कसरी नेपालमै राख्न सकिन्छ भन्ने रणनीति अब चाहिन्छ । यसमा ढिलाइ नगरौं । व्यवसायी/उद्यमीको आत्मविश्वास बढाउन लागिपरौं  अम्लान मुखर्जी प्रबन्ध निर्देशक, युनिलिभर नेपाल लिमिटेड व्यवसायका लागि कठिन समय भए पनि हामी आशावादी छौं । अहिले व्यवसायी तथा उद्यमीको घटेको आत्मविश्वास बढाउन लागिपरौं । किनकि हामी बिजनेश लिडर हौं । सकारात्मक कुरा गरौं र सोचौं पनि । नेपालमा व्यवसायका प्रशस्त अवसर छन् । अर्कातिर, यहाँ सफल भएका उद्योगहरू पनि छन् । त्यसैले समस्याका धेरै कुरा गरेर मात्र समाधान निस्किँदैन । पछिल्लो समय उपभोक्ताको माग र रोजाइमा आएको परिवर्तनले एफएमसीजी जस्ता उद्योगलाई चुनौती थपिएको छ । युनिलिभरले उत्पादनको गुणस्तरमा कहिल्यै कमीकमजोरी बाँकी राख्दैन । हामी विभिन्न माध्यमबाट ग्राहकसँग निरन्तर जोडिएका हुन्छौं । आफ्नो कम्पनीमा उपयोग भएकोमध्ये ६० प्रतिशत प्याकेजिङ मेटेरियल पुन: प्रयोग गरिएको छ । ‘कार्बन फुटप्रिन्ट’ घटाउनेतर्फ ध्यान दिइएको छ भने ऊर्जा कटौती भएका बेलामात्र इन्धन प्रयोग हुन्छ । अन्यथा हरित ऊर्जा नै कम्पनीका फ्याक्ट्रीमा प्रयोग हुन्छ . यो समय इनोभेसनको हो आनन्द बगरिया  प्रबन्ध निर्देशक, निम्बस होल्डिङ प्रालि अहिले व्यवसायीको समस्या भनेको कसरी उद्यममा टिक्ने भन्ने हो । यो समयमा धैर्य र नवप्रवर्तक अवधारणा मुख्य आवश्यकता हो । मुलुकको कुल गार्हस्थ्य उत्पादन र उपभोग बढ्नैपर्छ । नेपाल दुई ठूला अर्थतन्त्र भएका देशहरूको बीचमा छ । अर्काेतर्फ, अहिलेको जनसांख्यिक स्थिति प्रतिव्यक्ति आय बढाउन समेत पर्याप्त छ । यसको लाभ नेपालले लिन सक्नुपर्छ । अहिलेको अवस्थामा माग नबढाउँदासम्म खासै उपलब्धि हुँदैन । हामीले यो अवस्थामा कसरी व्यवसायमा टिकिरहने भन्ने विषयमा विश्लेषण गरेका छौं । कृत्रिम बौद्धिकता, बीटूबी, बीटूसी जस्ता लगानीमा पनि केन्द्रित हुनुपर्छ । सन् १९९० को दशकमा व्यवसाय गर्दा पनि चुनौती थियो र अहिले पछि छ । यो समय ‘डिस्रप्सन’ र ‘इनोभेसन’को पनि हो ।

सम्बन्धित सामग्री

राप्रपा सरकारमा सहभागी हुँदै

काठमाडौं :  राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० सरकारमा सहभागी हुने भएको छ। पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको सभापतित्वमा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारमा सहभागी भएर हिन्दू राष्ट्रलगायत आफ्ना मुद्दा स्थापित गर्न भूमिका निर्वाह गर्ने निर्णय गरेको हो।धुम्बाराहीस्थित पार्टी कार्यालयमा बसेको बैठकले सरकारमा सहभागी राजनीतिक दलका न्यूनतम साझा कार्यक्रमको अध्ययन गरेपछि मात्र पार्टी सरकारमा सहभागी हुने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।बैठकले पछिल्लो परिस्थितिमा विकास भ

राप्रपा सरकारमा सहभागी हुने

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा सहभागी हुने भएको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको सभापतित्वमा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारमा सहभागी भएर हिन्दू राष्ट्रलगायत आफ्ना मुद्दा स्थापित गर्न भूमिका निर्वाह गर्ने निर्णय गरेको हो । धुम्बाराहीस्थित पार्टी कार्यालयमा बसेको बैठकले सरकारमा सहभागी राजनीतिक दलका न्यूनतम साझा कार्यक्रमको अध्ययन गरेपछि मात्र पार्टी सरकारमा […]

राप्रपा सरकारमा सहभागी हुने

राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा सहभागी हुने निर्णय गरेको छ।  बुधबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राजनीतिक दलबीच न्यूनतम साझा कार्यक्रम तय गरेर सहमति भएपछि सरकारमा सहभागी हुने निर्णय गरेको प्रवक्ता...

लोसपा सरकारमा सहभागी हुने

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकारमा सहभागी हुने भएको छ । यसअघि नै सत्ता गठबन्धनमा रहेकाले निरन्तरता स्वरूप सरकारमा सहभागी हुने नेता केशवकुमार झाले बताए । उनले भने, ‘पार्टी बैठकमा शीर्ष नेताहरूबीच सरकारमा सहभागी हुने विषयमा छलफल भएको छ । यसअघि पनि सत्ता गठबन्धनमै रहेकाले कुनै नयाँ निर्णय गर्न जरुरी छैन । नेता झाका अनुसार […]

सरकारमा सहभागी हुन लोसपा तयार

काठमाडौं । काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) संघीय सरकारमा सहभागी हुन तयार भएको छ । आफ्ना माग सम्बोधन भए संघीय सरकारमा सहभागी हुने र आगामी निर्वाचनका लागि गठबन्धनमा सहभागी हुन लोसपा तयार भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन गरेको लोसपालाई सरकारमा सहभागी हुन र आगामी निर्वाचनका लागि गठबन्धनमा सहभागी हुन […]

सरकारमा सहभागी हुन लोसपा तयार

काठमाडौं, चैत १८ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) संघीय सरकारमा सहभागी हुन तयार भएको छ । आफ्ना माग सम्बोधन भए संघीय सरकारमा सहभागी हुने र आगामी निर्वाचनका लागि गठबन्धनमा सहभागी हुन लोसपा तयार भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन गरेको लोसपालाई सरकारमा सहभागी हुन र आगामी निर्वाचनका लागि गठबन्धनमा सहभागी हुन […]

कायत समुदाय मत गणनामा सहभागी हुने

बलेवा । राष्ट्रिय जनगणना–२०७८ मा सहभागी नहुने घोषणा गरेका बागलुङको ढोरपाटनका कायत समुदाय जनगणनामा सहभागी हुने भएका छन् । ढोरपाटन नगरपालिका–७ बोबाङका कायत समुदाय जनगणना कार्यालय बागलुङबीच सहमति भएपछि उनीहरु जनगणनामा सहभागी हुने भएका हुन् । राज्यले पहिचान नदिएर बेवास्ता गरेको भन्दै जनगणनामा सहभागी नहुने जानकारी कायत एकता समाजले कात्तिकको अन्तिम साता दिएको थियो । […]

जनगणनामा सहभागी हुन लोसपाको अपिल

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले जनगणना कार्यक्रममा सहभागी हुनका लागि सर्वसाधारणमा अपिल गरेको छ । जनगणना देश विकासका लागि आवश्यक पर्ने आधारभूत तथ्यांक दिने एउटा महत्वपूर्ण माध्यम भएकाले यसमा सहभागी भइ सत्य तथ्य विवरण दिनका सो पार्टीले अपिल गरेको हो । जनगणनामा सहभागी नहुँदा कतै कम जनसंख्या भएका ठाउँमा ठूला विकासका परियोजना बन्ने र कतै धेरै जनसंख्या भएका ठाउँमा सिमित विकासका आयोजना सञ्चालन हुने सम्भावना रहने भएकाले पनि कार्यक्रममा सबै सहभागी हुनुपर्ने लोसपाले भनेको छ।  &

जसपा तत्काल सरकारमा सहभागी नहुने

काठमाडौं, असार ३० । जनता समाजवादी पार्टी (जसपा) तत्काल सरकारमा सहभागी नहुने भएको छ । जसपा कार्यकारी समितिको मंगलबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको बैठकले सरकारमा तत्काल सहभागी नहुने निर्णय गरेको हो । जसपा कार्यकारिणी समितिका सदस्य रामसहाय यादवले निर्वाचन आयोगमा पार्टी आधिकारिकताको मुद्दा विचाराधीन अवस्थामा रहेकाले जसपा तत्काल सरकारमा सहभागी नहुने बताए । कांग्रेस […]