विदेशी नागरिकलाई शर्तसहित अनअराइभल भिसा खुला

सरकारले नेपाल आउने विदेशी नागरिकलाई शर्तसहित अनअराइभल भिसा दिने भएको छ । विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरूको यात्रा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्दै सरकारले कोभिड–१९ विरुद्धको खोपको मात्रा पूरा गरेका नागरिकलाई कानूनबमोजिम अनअराइभल भिसा उपलब्ध गराउने भएको हो । भिसा प्राप्त गर्न विदेशी नागरिकले खोपको मात्रा पूरा गरेको १४ दिन पूरा भएको प्रमाण, उडानको चेक इन हुनुभन्दा ७४ घन्टाअघिको नेगेटिभ भएको प्रमाण, पर्वतारोहण र पदयात्रा तथा अनुमति लिनुपर्ने अन्य विषयको हकमा त्यसको प्रतिलिपि उपलब्ध...

सम्बन्धित सामग्री

दुवै खोप लगाएका विदेशी नगारिकलाई मात्र अनअराइभल भिसा दिने विभागको निर्णय

काठमाडौँ, ७ माघ। अध्यागमन विभागले कोरोनाविरुद्धको खोप लगाएका विदेशी नागरिकलाई अनअराइभल भिसा दिने निर्णय गरेको छ। अ ध्यागमन विभागले आज (शुक्रबार) सूचना जारी गर्दै दुवै खोप लगाएका विदेशी नागरिक प्रवेश आज्ञा (भिसा) प्राप्त गर्न प्रवेश विन्दुमा दुवै खोप लगाएको १४ दिन पुगेको प्रमाण, ७२ घन्टा अघिको कोभिडको नेगेटिभ रिपोर्ट, होटल बुकको प्रमाण, पर्वतारोहरण र पदयात्राको […]