स्वास्थ्यमन्त्री खतिवडा र डब्ल्यूएचओ महानिर्देशकबीच भेट

काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडासँग भेटवार्ता गर्नुभएको छ ।  मन्त्री खतिवडाको निमन्त्रणामा नेपाल भ्रमणका लागि आज बिहीवार दिउँसाे काठमाण्डाै आइपुग्नुभएका डा. गेब्रेयससले स्वास्थ्य मन्त्रालयमै पुगेर मन्त्री खतिवडालाई भेट्नुभएको हो । भेटमा मन्त्री खतिवडाले दोस्रो कार्यकालका लागि महानिर्देशक डा. ग्रेबेयससलाई नेपालले समर्थन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यस्तै भेटवार्ताका क्रममा नेपालमा औषधि उत्पादनका लागि सहयोग गर्न...