शिक्षा क्षेत्र र उद्यमशीलताको अन्तरसम्बन्ध

नेपालको आधुनिक शैक्षिक इतिहासको शुरुआत सन् १८५४ मा जंगबहादुर राणाबाट आफ्ना भाइ भारदारहरूलाई अंग्रेजी भाषामा पोख्त बनाउने गरी स्थापना गरिएको दरबार हाइस्कूलबाट प्रारम्भ हुन्छ । तत्पश्चात् नेपालका अधिकांश शैक्षिक गतिविधिहरू नेपालको निजामती प्रशासनलाई आवश्यक पर्ने जनशक्ति तयार गर्ने, त्यस्तै प्रकारका विद्यार्थीहरू तयार गर्ने शिक्षणसंस्थाहरूका लागि शिक्षक जनशक्ति उत्पादन गर्ने दिशामा केन्द्रित रहेको पाइन्छ । विज्ञान विषय किन पढ्ने भन्ने विषयमा उत्तर खोज्दा अझै पनि कि डाक्टर बन्न कि त इन्जिनीयर बन्न कि त शिक्षक बन्न भन्ने सहज जवाफ पाइन्थ्यो । व्यवस्थापन किन पढ्ने भन्ने विषयको सहज उत्तर हरेक विद्यार्थीको जिब्रोमा लगभग एकैप्रकारको हुन्थ्यो अर्थात् व्यवस्थापक बन्ने, बैंकमा जागीर खाने । अर्थशास्त्रको विद्यार्थीहरूलाई यही प्रश्न सोध्ने हो भने उनीहरूमा पनि उही उत्तर हुन्थ्यो– बैंक तथा वित्तीय संस्थामा जागीर खाने, नभए कलेज, विश्वविद्यालयतर्फ अध्यापन कार्य गर्ने ।  विद्यार्थीको योग्यताअनुसार प्रश्न गर्ने हो भने पनि उत्तर यस्तै आउँछ । अब्बल दर्जाको विद्यार्थीको पहिलो रोजाइ सरकारी जागीर र दोस्रो रोजाइ शिक्षण पेशा हुने गर्दछ भने सामान्य दर्जाका विद्यार्थीहरूको पहिलो रोजाइ सेना, प्रहरीमा भर्ती हुने गर्छ । त्यस बाहेकका विद्यार्थीको पहिलो रोजाइ लाहुर जाने, विदेशमा जागिरी खाने नै हुने गर्दछ ।  विश्वमा उदारीकरण, वैश्वीकरण, आप्रवासनमा खुकुला नियमहरू, विकसित मुलुकमा आएको जनसंख्या संकुचनका कारण सृजित श्रम अभाव, सूचनाप्रविधि र यातायातमा आएको चामत्कारिक विकास आदि कारणले विश्व एउटा ग्राममा रूपान्तरण भएको वर्तमान अवस्थामा नेपाली विद्यार्थीको जिब्रोमा एउटै जवाफ रहेको हुन्छ – विदेश जाने । अधिकांशको भित्री उद्देश्य अध्ययन नभई श्रमिकका रूपमा नेपालको भन्दा उच्चस्तरको जीवनयापन गर्ने ध्याउन्नमा केन्द्रित रहेको हुन्छ । केही सफलताका उदाहरण हुँदाहुँदै विशेषतया भारतीय उद्यमीहरूका उद्योग प्रकल्पहरूमा काम गर्नु अधिकांश नेपालीहरूको नियति नै हुनु पुगेको छ ।  शिक्षाको यही प्रवृत्तिका कारण नेपालमा उद्यमशीलताको जग बसाल्ने समुदायमा समेत जागीरे प्रवृत्ति हावी भएको छ । फलस्वरूप मुलुकमा उद्यमशीलताको अवसानसँगै उद्योग व्यवसाय दिनानुदिन ओह्रालो लागिरहेको छ । समाजमा व्याप्त जागीरे मानसिकताको सर्वव्यापकताका माझ मुलुक नेपालीविहीन हुने अवस्था सिर्जना भएको छ । आज पहाडको टुप्पोमा बसेर जसरी मानवविहीन घरहरूको दृश्य अवलोकन गर्न पाइन्छ सोही प्रकृतिको दृश्य अबका केही समयमा नेपालका गतिशील शहरहरूमा पनि अवलोकन गर्न पाइने अवस्थाको सिर्जना हुँदै गएको छ । विदेशतिर मानवजीवन रहित शहरलाई भूत शहर भनेझै सिंगो नेपाल नै केही दशकमा भूत राष्ट्रका रूपमा रूपान्तरण हुने सम्भावना देखिएको छ, वर्तमान समयमा युवाहरूको विदेश भ्रमणको प्रवृत्तिलाई हेर्दा ।  यसका लागि नेपालमा शिक्षाको उद्देश्य र परिभाषामा नै रहेको त्रुटि सबैभन्दा बढी जिम्मेवार रहेको छ । नेपालमा शीप नभएका साक्षरहरू जन्मने गरी सोही दिशामा शिक्षा उन्मुख भएपछि सारा मुलुक नै त्यसैतर्फ दिशानिर्देशित हुने हो । त्यही त्रुटिको पाश्र्व प्रभावका रूपमा नेपालमा उद्योगतन्त्रको अवस्था कमजोर बन्न गएको छ । विप्रेषणमा आधारित आर्थिक चहलपहल पनि खरीदमा रुचि राख्ने युवावर्गको विदेश बसाइँसराइपश्चात् समाप्त भएको छ । युवावर्गको कमीले गर्दा उद्योगमा श्रमशक्तिको अभाव देखिन थालेको छ । नयाँ पुस्ताको अनुपस्थितिमा पुरानो पुस्तामा रहेको जोशजाँगरमा ह्रास आएको छ । पुरानो पुस्ता नेपालमा थप लगानी गर्ने पक्षमा छैन । विशेष गरी घरजग्गा कारोबार, गृहनिर्माण, आन्तरिक सजावट, विद्युतीय उपकरण, पोशाक आदिको खरीदमा आएको मन्दीमा नयाँ पुस्ताको विदेश बसाई सृजित पुरानो पुस्तामा सेलाएको जोशजाँगर प्रमुख रूपमा जिम्मेवार रहेको छ ।  उपर्युक्त परिस्थितिलाई दृष्टिगत गर्दै नेपालमा आर्थिक क्रियाकलापहरूको वृद्धि गरी देशको अस्तित्व रक्षा गर्ने कार्यमा नयाँ शिराबाट सोच्नु आवश्यक देखिएको छ । यस सोचाइको प्रारम्भ नेपाली शिक्षण संस्थामा पढाइ हुने पाठ्यक्रमहरूको सुधारबाट हुनुपर्छ ।  नेपालमा प्रदान गरिने शिक्षाका विभिन्न विधा कुनै न कुनै आर्थिक क्रियाकलापहरूसँग सम्बद्ध नै छन् । ती विधा पढ्ने विद्यार्थी र पढाउने गुरुहरू उक्त विधाका आर्थिक कोणहरूबाट सबैभन्दा परिचित समुदायका रूपमा रहेका हुन्छन् । उदाहरणका लागि वनस्पति शास्त्रका विद्यार्थी र गुरुहरूलाई नै लिन सकिन्छ । विश्वको कुल व्यापारमा शीर्षक ६ देखि शीर्षक २४ र शीर्षक ४४, शीर्षक ४८, शीर्षक ५२, शीर्षक ३३ अन्तर्गतका वनस्पति र तिनका उत्पादनका वस्तुहरूको बारेमा सिद्धहस्त जानकार भनेको वनस्पतिशास्त्रका विद्यार्थी र गुरु नै हुन् । नेपालको आयात व्यापारमा यी वस्तुहरूको अंश उल्लेख्य रहेको र विश्व व्यापारमा पनि यी शीर्षकका वस्तुहरूको व्यापारमा वृद्धि हुँदै गइरहेको सन्दर्भमा यस क्षेत्रमा रहेका अवसरहरूलाई उपयोग गर्न सक्ने सबैभन्दा उपयुक्त लक्षित वर्ग वनस्पतिशास्त्रका विद्यार्थी र गुरुहरू नै हुन सक्छन् । परन्तु नेपालका शिक्षालयहरूमा वनस्पतिशास्त्रलाई आर्थिक अवसरहरूसँग परिचित गराई अभ्यासमा ल्याउने खालका पद्धति र अभ्यासहरू शुरू नै भएको छैन ।  व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरूलाई राम्रो व्यवस्थापक कसरी बन्ने भन्नेबारेमा त सिकाइन्छ परन्तु राम्रो उद्यमी कसरी बन्ने भन्ने बारेमा साराका सारा शिक्षण गतिविधिहरू मौन छन् । कुनै पनि संकायका अध्ययनहरूलाई आर्थिक सम्भावना, आर्थिक पक्ष, आर्थिक अवसर र त्यसको उपयोग गर्ने पक्षबाट पर राखिएको छ । परन्तु विकसित देशहरूमा हरेक अध्ययनलाई आर्थिक पक्षसँग जोडेर गुरुकुलहरूमा शिक्षा प्रदान गरिएको हुन्छ ताकि त्यहाँबाट उत्तीर्ण भई सकेपछि शिष्यहरूमा उद्यमशीलताको संस्कार स्थापित भई समाजमा स्थापित हुन सकून् । तसर्थ अचेल विश्वभरी नै कुन विश्वविद्यालयका कति विद्यार्थीले जागीर पाए भन्ने हैन कि कुन विश्वविद्यालयबाट दीक्षित कति जना उद्यमी जन्माए भन्ने हो ।  नेपालमा शीप नभएका साक्षरहरू जन्मने गरी सोही दिशामा शिक्षा उन्मुख भएपछि सारा मुलुक नै त्यसैतर्फ दिशानिर्देशित हुने हो । त्यही त्रुटिको पाश्र्व प्रभावका रूपमा नेपालमा उद्योगतन्त्रको अवस्था कमजोर बन्न गएको छ । उपर्युक्त परिस्थितिमा नेपालमा पनि यही मान्यतालाई अंगीकार गर्नु अति आवश्यक भइसकेको छ । अर्थात् कुन कलेजबाट दीक्षित विद्यार्थीमध्ये कति जना उद्यमी छन् भन्ने मापनका आधारमा सम्बद्ध शिक्षण संस्थाको स्तर मापन गर्न आवश्यक भइसकेको छ ताकि नेपाली शिक्षण संस्थाहरू बेराजगार शिक्षित उत्पादन गर्ने कारखानाबाट कारखाना स्थापित गर्ने शिष्यहरू उत्पादन गर्ने गुरुकुलमा रूपान्तरण हुन सकून् ।  यस सन्दर्भमा आर्थिक अभियान राष्ट्रिय दैनिकको मन्त्र ‘हरेक दृष्टि आर्थिक कोण’लाई नेपालको शैक्षिक क्षेत्रको पाठ्यक्रम तर्जुमा गर्दा हुबहु लागू गर्न आवश्यक देखिन्छ । अर्थात् नेपालमा पढाइ हुने हरेक विषयहरूलाई तल्लो तहदेखि नै ती विषयमा अन्तरनिहित आर्थिक अवसरहरूको बारेमा विद्यार्थीहरूलाई यथार्थ जानकारी गराई उपलब्ध अवसरहरूलाई उपयोग गर्न सक्ने गरी उनीहरूलाई विभिन्न औजारबाट सुसज्जित गर्नु अपरिहार्य भइसकेको छ ।  यसका लागि पहिलो चरणमा उद्यमशीलतायुक्त शिक्षालाई नेपालका शैक्षिक गतिविधिको मूल नीति अंगीकार गर्नु आवश्यक छ । उक्त मूल नीतिअन्तर्गत रही नेपालमा अध्ययन हुने हरेक विषयको पाठ्यक्रमहरूमा सम्बद्ध विषयलाई आर्थिक क्रियाकलापसँग योजन गर्ने गरी सैद्धान्तिक ज्ञानसँग आर्थिक पक्षलाई पनि समावेश गरी वर्तमान पाठ्यक्रमको परिमार्जन हुन आवश्यक छ । उदाहरणका लागि वनस्पति शास्त्रको अध्ययनमा रिट्ठा शीर्षकमा अध्ययन हुँदा रिट्ठाको सैद्धान्तिक ज्ञानका अतिरिक्त रिट्ठाको आर्थिक महत्त्व, रिट्ठाको आन्तरिक व्यापार, अन्तरराष्ट्रिय व्यापार, उक्त व्यापारमा संलग्न व्यवसायीहरू, रिट्ठा खपत गर्ने प्रमुख कम्पनीहरू आदिका बारेमा सम्पूर्ण विद्यार्थीहरूलाई समानान्तर रूपमा ज्ञान प्रदान गर्न आवश्यक देखिन्छ । यसका अतिरिक्त रिट्ठा उत्पादन क्षेत्रको अवलोकन भ्रमण, रिट्ठाका आयातकर्ता, निर्यातकर्ताहरूसँग अन्तरक्रिया, रिट्ठा खपत गर्ने उद्योगहरू र वनस्पतिशास्त्रका विद्यार्थीहरूसँग अन्तरसम्बन्ध स्थापनाजस्ता विषयहरू शैक्षिक क्रियाकलापहरूमा नै समावेश गरी विद्यार्थीहरूलाई रिट्ठा क्षेत्रमा विद्यमान अवसरहरूलाई उपयोग गर्न सक्ने गरी दक्ष बनाउन आवश्यक देखिन्छ ।  प्रत्यक्ष रूपमा आर्थिक क्रियाकलापमा समेत संलग्न हुने गरी शिक्षण अवधिमा नै विद्यार्थीहरूलाई संलग्न गराउने मोडालिटी पनि अंगीकार गरिनु आवश्यक छ । उदाहरणका लागि नेपालमा फूलको व्यापक माग रहेको छ । परन्तु नेपाललाई आवश्यक पर्ने अधिकांश फूलहरू विदेशबाट आयात हुने गर्छ जो नेपाली जलवायुमा प्रशस्त मात्रामा व्यावसायिक रूपमा उत्पादन गर्न सकिन्छ । फूलहरूका नर्सरी स्थापनादेखि वनस्पति विभागले जग्गा लीजमा लिई स्वयम् शिक्षक र विद्यार्थीहरू उत्पादनमा संलग्न हुने गरी व्यावसायिक फूलखेतीसमेत गर्न सकिन्छ । पहाडी भूभागमा व्यापक रूपमा जमीन बाँझो रहेको सन्दर्भमा विश्वविद्यालयका वनस्पति अध्ययन विभाग आफै उद्यमी, आफै गुरुकुल, आफै अनुसन्धानकर्ता यी तीनओटा भूमिकामा वनस्पति क्षेत्रका विद्यमान अवसरहरूलाई उपयोग गर्ने उचित संस्थान हुन सक्छ । शिष्य, शिक्षक र शैक्षिक संस्थानहरू पढ्दै पढाउँदै उद्योगपति हुने, गुरु, शिष्य पनि हुने र अनुसन्धानकर्ता पनि हुने, आत्मनिर्भर पनि हुने र शुल्करहित शिक्षणको अवसर पनि प्राप्त हुने तथा सरकारमाथिको परनिर्भरताको पनि अन्त्य हुने यो मोडालिटी नेपालमा पढाइ हुने सबै शैक्षिक संस्थाहरूमा लागू गर्न सकिने अवस्था विद्यमान छ ।  उदाहरणका लािग माथि उल्लिखित रू ३४८ अर्बको आयात प्रतिस्थापन हुने गरी नेपालका वनस्पति शास्त्र अध्ध्ययन विभागले आफ्ना शिष्यहरूमा उद्यमशीलता विकास गर्न सक्छ ।  उपर्युक्त पृष्ठभूमिमा नेपालले माथि उल्लेख गरेझैं हरेक शिक्षण संस्थालाई आर्थिक अवसरहरूलाई उपयोग गर्न सक्ने जनशक्ति उत्पादन गर्ने गरी उद्यमशीलतता उत्पादक संस्थाका रूपमा रूपान्तरण गर्न जरुरी देखिएको छ । आफ्ना विषयगत क्षेत्रलाई आर्थिक अवसरहरूसँग संयोजन गर्दै अघि बढ्ने हो भने शिष्य पढ्दापढ्दै करोडपति हुने, शिक्षक पढाउँदा पढाउँदै अर्बपति हुने शैक्षिक वातावरण सृजना हुनसक्छ ।  यसरी नेपालको शिक्षाक्षेत्र र उद्यमशीलतालाई एकआपसमा अन्तरघुलन गर्नु अति जरुरी छ । नेपालमा वर्तमान समयमा सतहमा देखापरेका आर्थिक र सामाजिक क्षेत्रमा विद्यमान गम्भीर समस्याहरूलाई समाधान गर्न नेपालको शिक्षाक्षेत्रलाई उद्यमशीलता उत्पादन गर्ने केन्द्रका रूपमा रूपान्तरण गर्न जरुरी भइसकेको छ ।  लेखक व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् ।

सम्बन्धित सामग्री

शिक्षा सपार्ने उपाय

शिक्षकप्रतिको लापरबाही भनेको शिक्षा क्षेत्र प्राथमिकतामा नपर्नु हो। त्यसैले पनि मधेसको शिक्षामा दुर्गति देखिएको हो।...

प्राथमिकतामै परेन शिक्षा क्षेत्र

९ पुस, काठमाडौं । चालु शैक्षिक सत्रमा मात्रै विद्यालय शिक्षा क्षेत्रले तीनवटा ठूला आन्दोलन व्यहोर्‍यो । विद्यालय कर्मचारीहरूले विभिन्न माग राख्दै शैक्षिक सत्रको सुरुवातमा नै आन्दोलन गर्दा विद्यालयहरूले बन्दसम्मको सामना गर्न पुगे । विगतदेखि विद्यालय कर्मचारीहरूले सहायक (लेखापाल) हरूका लागि ३६ हजार ७३०, विद्यालय सहयोगीहरूका लागि २६ हजार २१० पूर्ण सेवा सुविधाको ग्यारेन्टी तत्काल गर्नुपर्ने […]

विद्यालय शिक्षा क्षेत्र योजनामा दातृ संस्थाले ७८ करोड अमेरिकी डलर सहायता गर्ने

काठमाडौं : नेपाल सरकारको दश वर्षे विद्यालय शिक्षा क्षेत्र योजनाको कार्यान्वयनका लागि आठ विकास साझेदार संस्थाले संयुक्त वित्तीय सम्झौताअन्तर्गत ७८ करोड अमेरिकी डलर विकास सहायता दिने भएका छन्।एसियाली विकास बैंक, युरोपेली सङ्घ, फिनल्यान्ड सरकार, शिक्षाका लागि वैश्विक साझेदारी, नर्वे सरकार, युनिसेफ, युएसएआइडी र विश्व बैंकले आगामी पाँच वर्षमा उक्त बजेट सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्। नेपाल सरकारसँग गरिने संयुक्त वित्तीय सम्झौतालाई आज अन्तिम दिन आयोजित कार्यक्रममा सो जानकारी दिइएको हो। शिक्ष

नेपालको शिक्षा क्षेत्र ध्वस्त भएको जसपा अध्यक्ष यादवको टिप्पणी

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपालको शिक्षा क्षेत्र ध्वस्त भएको बताउनुभएको छ । आईतवार समाजवादी मोर्चा निकट विद्यार्थी संगठनहरुले आयोजना गरेको अन्तरक्रियामा बोल्दै अध्यक्ष यादवले नेपालको शिक्षा क्षेत्र ध्वस्त भएको बताउनुभएको हो । उहाँले नेपालको शिक्षा क्षेत्र अराजक र बेवारिसे भएको पनि बताउनु भयो । अध्यक्ष यादवले सरकारले लगानी गरेको विद्यालय, क्याम्पस […]

शिक्षा क्षेत्र सुधारका लागि पहल गर्न प्रधानमन्त्रीलाई ज्ञापन पत्र

काठमाडौँ– नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले शिक्षा क्षेत्र सुधारका लागि पहल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको छ ।  सोमबार सिंहदरबारमा नेविसंघका पदाधिकारीहरूले प्रधानमन्त्री प्रचण्डलाई भेटेर त्रिवि सेवा आयोगको अध्यक्ष नियुक्ति, नास्टको उपकुलपति नियुक्तिका साथै शैक्षिक सुधारको निम्ति राज्यले नीति अवलम्बन गर्नुपर्ने लगायतका ३३ बुँदे ज्ञापन पत्र बुझाएको हो । नेविसंघले […]

प्याब्सनले भन्यो, राजनीतिक खिचातानीले शिक्षा क्षेत्र धरासायी

नीजिविद्यालयका सञ्चालकहरुले राजनीतिक सिष्टमका कारण शिक्षा क्षेत्र धरासायी हुदै गएको बताएका छन्। नीजि तथा आवासिय विद्यालय अर्गनाइजेशन नेपाल(प्याब्सन)का केन्द्रिय अध्यक्ष डिके ढुङगानाले राजनीतिक खिचातानीको प्रभाव पछिल्लो समय शिक्षा क्षेत्रमा समेत परेको बताए...

अघि बढ्यो विद्यालय शिक्षा क्षेत्र योजना

काठमाडौँ – वर्तमान सरकारले एक वर्षको अवधिमा शिक्षालाई मुलुक विकासको पूर्वाधारको पनि पूर्वाधारका रूपमा अथ्र्याउँदै विद्यालय शिक्षा क्षेत्र योजनाको प्रक्रियालाई अघि बढाएको छ । सन् २०३० सम्मका लागि तय भएको संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्यलाई सघाउन राष्ट्रिय कार्यढाँचासहित न्यायपूर्ण, समतामूलक र समृद्ध नेपाल निर्माणका लागि शिक्षामा दीर्घकालीन सोच अघि सारिएको हो । विगतमा दातृ निकायको […]

शिक्षा क्षेत्र सुधार्न ५५बुँदे कार्यक्रम : मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्र सुधारका लागि सरकारले ५५बुँदे कार्यक्रम ल्याएको बताउनुभएको छ। विश्व निकेतन माविको हिरक जयन्तीको अवसरका आयोजित कार्यक्रमा मन्त्री पौडेलले सरकारले सामुदायिक विद्यालयहरुको भौतिक...

सुधारको बाटोमा शिक्षा

सरकारले संघ, प्रदेश र स्थानीय तहको शैक्षिक विकास र गुणस्तर सुधार गर्न १० वर्षे शिक्षा क्षेत्र योजना सार्वजनिक गरेर शिक्षा क्षेत्रका लागि लिएका गुणस्तर सुधारका विभिन्न लक्ष्य पूरा गर्ने जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहको शैक्षिक विकासका लागि १० वर्षे शिक्षा क्षेत्र योजना विकास कार्य ढाँचा २०७७ तयार […]