विदेशी मुद्रा आर्जन ४६% ले घटेर १३ अर्ब ५० करोडमा सीमित

जेठ १५, काठडमौं । सन् २०२१ मा विदेशी पर्यटकबाट प्राप्त हुने विदेशी मुद्रा आर्जन घटेको छ । आर्थिक सर्वेक्षण २०७८÷८९ का अनुसार सन् २०२१ मा विदेशी मुद्रा आर्जन ४६ प्रतिशतले घटेर रू. १३ अर्ब ५० करोड ११ लाख रहेको छ ।  कोभिड– १९ महामारीका कारण विदेशी पर्यटक आगमन संख्या न्यून हुँदा विदेशी मुद्रा आर्जन घटेको हो । उक्त वर्ष प्रति पर्यटकको औसत बसाइँ १५ दशमलव ५ दिन र प्रतिदिन प्रति पर्यटक खर्च ४८ डलर रहेको छ ।  यस्तो खर्च सन् २०२१ को तुलनामा २६ दशमलव १ प्रतिशत न्यून हो । अघिल्लो वर्ष सन् २०२० पनि पर्यटन क्षेत्रबाट आर्जन हुने विदेशी मुद्रामा करीब ७० प्रतिशतले कमी आएको आर्थिक सर्वेक्षण २०७७/७८ मा उल्लेख छ । सन् २०२० मा कूल पर्यटक आगमन संख्या दुई लाख ३० हजारमा सीमित रहन पुग्यो । उक्त वर्ष पनि कोभिड–१९ महामारीबाट पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित बनेको थियो । सन् २०१९ मा विदेशी पर्यटक आगमन २ दशमलव १ प्रतिशतले बढेकामा सन् २०२० मा यस्तो आगमन ८० दशमलव ८ प्रतिशतले घटेको थियो । कोभिड–१९ महामारीका कारण सबैभन्दा बढी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्र विस्तारै लयमा फर्किदै गरेको छ । सन् २०२२ को सुरुआती चरणदेखि विदेशी पर्यटक आगमन दर निरन्तर उकालो लागिरहेको छ । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांक अनुसार अप्रिल महीनामा मात्रै ५८ हजार ३४८ विदेशी पर्यटक नेपाल भित्रिएका छन् जुन अघिल्लो वर्षको सोही महीनाको तुलनामा १६० प्रतिशतले वृद्धि हो ।  सन् २०२१ मा एक लाख ५० हजार ६९२ र सन् २०२० मा दुई लाख ३० हजार ८५ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२१ मा नेपाल भित्रिएका पर्यटकमध्ये ६६ दशमलव ८ प्रतिशतले बिदा, मनोरञ्जन र यात्रा, १०।३ प्रतिशत पर्वतारोहण/साहसिक यात्रा/पदयात्रा, ७।४ प्रतिशतले तीर्थयात्रा र १५ दशमलव ५ प्रतिशतले अन्य उद्देश्यले नेपाल भ्रमण गरेका छन् ।  कुल पर्यटक आगमन संख्याको आधारमा सन् २०२१ मा सबैभन्दा बढी पर्यटक आउने ५ मुलुकमा क्रमशः भारत ४२ दशमलव ८३ प्रतिशत, संयुक्त राज्य अमेरिका १५ दशमलव १३, बेलायत ५ दशमलव ७४, चीन ४ दशमलव १० र बंगलादेश ३ दशमलव ३४ प्रतिशत छन् ।  नेपालको भ्रमण गर्नेमा भारतीय पर्यटकको संख्या सबैभन्दा बढी रहेको छ ।  झण्डै दुई वर्ष विदेशी पर्यटक आगमन खुम्चिँदा विदेशी मुद्रा आर्जन गर्ने मुख्य स्रोतको रुपमा रहेको पर्यटन क्षेत्र शिथिल बन्दा समग्र देशको अर्थतन्त्र र यसमा आवद्ध व्यवसायी र मजदूर मर्कामा परेका छन् । रासस

सम्बन्धित सामग्री

बिजुली निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न सकिन्छ : मन्त्री भुसाल

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बिजुली निर्यात गरेर विद्यमान व्यापार घाटा न्यूनीकरण गर्न सकिने बताएकी छिन्। ललितपुरमा आज आयोजित कार्यक्रममा उनले नेपालमा जलविद्युतको प्रचुर सम्भावना रहेको र भविष्यमा अर्बौं रुपैयाँको बिजुली निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न सकिने उल्लेख गरिन्। नेपालले पछिल्लो एक महिनामा एक अर्ब ७२ करोड…

पर्यटकबाट प्राप्त हुने विदेशी मुद्रा ४६ प्रतिशतले घट्यो

सन् २०२१ मा विदेशी पर्यटकबाट प्राप्त हुने विदेशी मुद्रा आर्जन घटेको छ । आर्थिक सर्वेक्षण २०७८/०७९ का अनुसार सन् २०२१ मा विदेशी मुद्रा आर्जन ४६.० प्रतिशतले घटेर रु १३ अर्ब ५० करोड ११ लाख रहेको छ । कोभिड– १९ महामारीका कारण विदेशी पर्यटक आगमन सङ्ख्या न्यून हुँदा विदेशी मुद्रा आर्जन घटेको हो । उक्त वर्ष …

पर्यटकबाट प्राप्त हुने विदेशी मुद्रा आर्जन घट्यो

सन् २०२१ मा विदेशी पर्यटकबाट प्राप्त हुने विदेशी मुद्रा आर्जन घटेको छ । आर्थिक सर्वेक्षण २०७८/८९ का अनुसार सन् २०२१ मा विदेशी मुद्रा आर्जन ४६.० प्रतिशतले घटेर रु १३ अर्ब ५० करोड ११ लाख रहेको छ । कोभिड– १९ महामारीका कारण विदेशी पर्यटक आगमन सङ्ख्या न्यून हुँदा विदेशी मुद्रा आर्जन घटेको हो । उक्त वर्ष प्रति पर्यटकको औसत बसाइँ १५.५ दिन र प्रतिदिन प्रति पर्यटक खर्च ४८ डलर रहेको छ । यस्तो खर्च सन् २०२१ को तुलनामा २६.१ प्रतिशत न्यून हो । अघिल्लो वर्ष सन् २०२० पनि पर्यटन क्षेत्रबाट आर्जन हुने

पर्यटकबाट प्राप्त हुने विदेशी मुद्रा आर्जन घट्यो

सन् २०२१ मा विदेशी पर्यटकबाट प्राप्त हुने विदेशी मुद्रा आर्जन घटेको छ। आर्थिक सर्वेक्षण २०७८/८९ का अनुसार सन् २०२१ मा विदेशी मुद्रा आर्जन ४६.० प्रतिशतले घटेर रु १३ अर्ब ५० करोड ११ लाख रहेको छ।...

पर्यटकबाट साढे १३ अर्ब रुपैयाँबराबरको विदेशी मुद्रा आर्जन

सन् २०२१ मा नेपाल भ्रमणमा आएका विदेशी पर्यटकबाट १३ अर्ब ५० करोड ११ लाख रुपैयाँबराबरको विदेशी मुद्रा आर्जन भएको छ । सरकारले शनिबार सार्वजनिक गरेको ‘आर्थिक सर्वेक्षण २०७८/०७९’ अनुसार सन् २०२१ मा प्रतिपर्यटक औसत बसाइ १५.५ दिन र प्रतिदिन प्रतिपर्यटक खर्च ४८ डलर रहेको छ ।सन् २०२० मा २ लाख ३० हजार ८५ पर्यटक नेपाल […]