पहाड उक्लदै मधेसवादी दल

स्थानीय तहको निर्वाचनमा मधेस केन्द्रित दलहरूले तराई-मधेस बाहेक पहाडी जिल्लाहरूमा पनि उम्मेदवारी दिएका छन्। पहाडी तथा हिमाली क्षेत्रमा उम्मेदवारी दिएर देशभर आफ्नो उपस्थिति देखाउने ती दलहरूको रणनीति छ। तराई-मधेस केन्द्रित दलहरू लोकतान्त्रिक समाजवादी पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी, जनता प्रगतीशल पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले यसपटक स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएका छन्।लोसपाले यसपटक काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, रामेछाप, दोलखा, सिन्धुली, अर्घाखाँची, मकवानप