काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय समितिको बैठकमा अनुपस्थित भएको कुरामा समिति सभापति पवित्रा निरौलाले आसन्तुष्टि जनाएकी छन्। प्रधानमन्त्रीले अन्तिम समयमा आएर बैठकमा आउन भ्याउँदिन भनेर खबर पठाएपछि उनले असन्तुष्टि जनाएकी हुन्। उनले भनिन्, ‘संसदमा प्रधानमन्त्रीको धारणा नआएपछि हामीले यहाँ बोलाएको थियौँ। बैठकमा बोलाउँदा उहाँ आउनुहुन्छ भन्नेमा हामी ढुक्क थियौँ। उहाँ आउन नसक्ने कुरा अन्तिम समयमा बिहान ८ बजे मात्रै आयो। समयमा खबर न