काठमाडौँ- युइएफए च्याम्पियन्स लिग फुटबलको पहिलो क्वार्टरफाइनल खेलमा मंगलबार राति दुई इंग्लिस क्लब म्यानचेस्टर सिटी र लिभरपुल विजयी भएका छन् ।
सिटीले घरेलु मैदानमा भएको पहिलो लेगमा स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई १-० अन्तरले पराजित गर्यो । सिटीको जितमा केभिन डे ब्रुयनले खेलको ७०औं मिनेटमा निर्णायक गोल गरे ।...