ओलीले मागेको स्पष्टीकरणको जवाफ दिने नेपाल पक्षको तयारी

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका एमालेका २२ सांसदले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिने भएका छन्। केन्द्रीय कमिटीको जारी बैठकले २२ सांसदलाई सर्वोच्चको आदेश आकर्षित नहुने गरी बुधबार स्पष्टीकरण मागेको थियो। गुटगत गतिविधि गरेको र विपक्षी गठबन्धनलाई सघाएको विषयमा सांसदहरुसँग जवाफ माग गरिएको छ। २४ घण्टे स्पष्टीकरण मागिएपछि अहिले जवाफ दिनका लागि नेपाल पक्ष छलफलमा जुटेको छ। ‘हामी छलफलमा छौं, स्पष्टीकरणको जवाफ दिन्छौं’ सांसद पार्वती बिशुन्केले थाहाख

सम्बन्धित सामग्री

नेपाल पक्षको बैठक जारी, केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकियो

काठमाडौं। नेकपा एमालेको माधव नेपाल समूहको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएको छ। बिहीबारदेखि सुरु भएको बैठकमा पहिलो दिन २३ र दोस्रो दिन ३२ जना गरी जम्मा ५५ जनाले पार्टी एकताबारे धारणा राखेपछि केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएको हो। अब स्थायी कमिटी सदस्यहरूले आफ्नो धारणा राख्ने छन्। त्यसपछि नेता माधवकुमार नेपालले एकमुष्ट जवाफ दिने तयारी गरेको बुझिएको छ।

(पोडकास्ट सम्पादकीय) अक्षम्य आक्रमण, निन्दनीय नेपाल बन्द

नारायणहिटीको अगाडि प्रदर्शन गर्ने ओली पक्षको तयारी छ । सरकारमा बसेर आफैँ प्रदर्शन गर्ने यो तरिका कत्ति सुहाउँदो देखिँदैन । यसलाई जवाफ दिने र असफल पार्ने नाममा माधव नेपाल-प्रचण्ड पक्षले जे हर्कत गर्‍यो, राजधानी र देशभर यो गलत छ । निन्दनीय छ