पर्यटन प्रवर्द्धन अभियानमा बाँके निकुञ्ज

बाँके । बाँके राष्ट्रिय निकुञ्ज पर्यटन प्रवर्द्धन अभियानमा जुटेको छ । २०६७ असार २८ गते स्थापना भएको यो निकुञ्जमा पर्यटकको आगमन भए पनि सन्तोषजनक रूपमा बढ्न नसकेकाले पर्यटन प्रवद्र्धन गर्ने रणनीतिका साथ काम थालिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम साहले जानकारी दिए । उनका अनुसार निकुञ्जमा अहिले आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धनका लागि आवश्यक गतिविधि सञ्चालन भइरहेका छन् । बैजनाथ गाउँपालिकाको गाभर भ्याली सामुदायिक घरबास र कोहलपुर नगरपालिकाको खड्कवार घरवासमा घुम्न आउने पर्यटकलाई निकुञ्जमा ल्याउन आवश्यक समन्वय र सहकार्य भइरहेको छ । बाँके राष्ट्रिय निकुञ्जमा घुम्न पैदलमार्ग, हात्ती सफारी, बास बस्न घरवास (होमस्टे), राप्ती नदीमा जलविहारलगायतका पर्यटकीय गतिविधिका पूर्वाधार तयार अवस्थामा छन् । पाटेबाघको वासस्थान र जैविकमार्ग संरक्षण गर्ने उद्देश्यले स्थापना भएको मुलुककै सबैभन्दा कान्छो बाँके राष्ट्रिय निकुञ्ज पर्यटकको पर्खाइमा छ । कोहलपुर नगरपालिका–१३ का वडाध्यक्ष ओमप्रकाश ओलीले निकुञ्ज पर्यापर्यटनको प्रभावकारी गन्तव्य भएको बताए । वडा कार्यालयले बाँके निकुञ्जमा पर्यटन प्रवद्र्धनसँगै १३ नंं वडालाई हरित वडाका रूपमा अगाडि बढाइएको उनको भनाइ छ । बाँके निकुञ्जसँग जोडिएको बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि वर्षेनि बढ्दै गए पनि स्थापनाको एक दशकसम्म पनि बाँके निकुञ्जमा पर्यटन प्रवद्र्धनका कार्यक्रम प्रभावकारी हुन नसकेको गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्ण चौधरीले जानकारी दिए । निकुञ्जलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा चिनाउन आफूहरू लागिपरेको भन्दै उनले  भने, ‘निकुञ्जभित्र आवश्यक संरचना निर्माण भइसकेको अवस्थामा अब यहाँ धेरैभन्दा धेरै पर्यटकलाई पाटेबाघलगायत दुर्लभ वन्यजन्तु अवलोकन गर्न आउन हामी आह्वान गरिरहेका छौं ।’ आर्थिक वर्ष २०७७/७८ सम्म जम्मा ८९९ पर्यटक निकुञ्जमा पुगेका छन् । ती पर्यटकमध्ये पनि ८६५ जना नेपाली पर्यटक नै छन् । १० वर्षमा २० जना सार्क देशका पर्यटक आएका छन् भने अन्य मुलुकका मात्र १४ पर्यटक निकुञ्ज पुगेका छन् । बाँके, दाङ र सल्यानसम्म फैलिएको यो निकुञ्ज स्थापना हुँदा चारमा सीमित पाटेबाघ अहिले २१ पुगेको छ । अहिले त्यो संख्या बढेको हुन सक्ने निकुञ्जको अनुमान छ । रासस

सम्बन्धित सामग्री

पर्यटन प्रवर्द्धन गर्न भाइटीका महोत्सव

गण्डकी –संस्कृतिका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ होटल सङ्घ पोखराको आयोजनामा यही कात्तिक २९ गते १६औँ भाइटीका महोत्सव गरिने भएको छ । ‘संस्कृति बचाऔँ, पर्यटन प्रवर्द्धन गरौँ’ भन्ने नाराका साथ लेकसाइडस्थित होटल ल्याण्डमार्कमा महोत्सव गर्न लागिएको सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । नेपाली संस्कृतिको संरक्षण एवं सम्वर्द्धन गरी स्वदेशी तथा विदेशी पर्यटकबीच […]

पर्यटन प्रवर्द्धन गर्न मनाङमा फुटबल

मनाङ– पर्यटन प्रवर्द्धनका लागि जलवायु परिवर्तनका असरबारे सचेतना आवश्यक भएकोमा विज्ञ तथा खेलाडीहरूले जोड दिएका छन् । खेलको माध्यमबाट पर्यटन प्रवर्द्धन तथा जनचेतना गर्ने उद्देश्यले हिमाली जिल्ला मनाङको उच्च स्थानमा आयोजना गरिएको मैत्रीपूर्ण फुटबल प्रतियोगिताको अवसरमा यस क्षेत्रका विज्ञ तथा राष्ट्रिय खेलाडीहरूले सो कुरामा जोड दिएका हुन् । जैविक विविधता संरक्षण समाज (बायोकोस) नेपाल, आन्ट […]

वाशिङ्गटन डिसीस्थित नेपाली दूतावासमा पर्यटन प्रवर्द्धन कार्यक्रम

वाशिङ्गटन डिसी । अमेरिकाको वाशिङ्गटन डिसीस्थित नेपाली दूतावासमा नेपालको पर्यटन प्रवर्द्धन सम्बन्धी एक कार्यक्रम आयोजना भएको छ । युएसएआईडी र नेपाल पर्यटन बोर्डले प्रायोजन गरेको दुई योजना अन्तर्गत निर्मित तथा प्रसारित नेपालको पर्यटन प्रवर्द्धनका लागि निर्मित भिडियो प्रदर्शनका लागि सो कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमको शुरुमा अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीले  सहभागीहरुलाई स्वागत […]

बाघ संरक्षण पर्यटन प्रवर्द्धन र आर्थिक विकासका लागि महत्वपूर्णः राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले बाघको संरक्षण नेपालको पर्यटन प्रवर्द्धन र आर्थिक विकासका लागि महत्वपूर्ण हुने बताएका छन्।...

‘नेपाली रैथाने खानामार्फत पर्यटन प्रवर्द्धन गर्नुपर्छ’

होटल एशोसिएशन नेपाल (हान) का अध्यक्ष विनायक साहले नेपाली रैथाने खानामार्फत पर्यटन प्रवर्द्धन गर्नुपर्ने बताउनुभएको छ । सेफ्स एशोसियशन अफ नेपाललगायत विभिन्न सेफ्स संस्थाले शुक्रबार काठमाडौँमा आयोजना गरेको ‘हानका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना’ कार्यक्रममा उहाँले नेपालमा खाना पर्यटनको प्रचुर सम्भावना रहेको बताउनुभएको हो । अध्यक्ष साहले नेपालमा सेफहरू मनग्य उत्पादन भए पनि सबै क्षेत्रमा …

मकाउमा पर्यटन प्रवर्द्धन तथा व्यापार मेला

एनआरएनए मकाउले पर्यटन प्रवर्द्धन तथा व्यापार मेला सम्पन्न गरेको छ । शनिबार नेपाली महावाणिज्यदूत हङकङको विशेष प्रायोजनमा मेला भएकाे हाे ।  मेलामा महावाणिज्यदूत उदय रानामगरको विशेष आथित्यता थियो । कार्यक्रममा सहभागी...

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न रणनीतिक कार्ययोजना बन्दै

२८ कात्तिक, काठमाडौं । नेपाल पर्यटन बोर्ड, जीविकोपार्जन पुनरुत्थानका लागि दीगो पर्यटन परियोजना (एसटीएलआरपी) ले नेपालको आन्तरिक पर्यटन प्रवर्द्धन गर्न रणनीतिक कार्ययोजना बनाउने भएको छ । कार्ययोजना निर्माणका लागि (एसटीएलआरपी) ले विज्ञहरुको सहभागितामा विभिन्न प्रादेशिक मन्त्रालय, नगरपालिका तथा पर्यटनसँग सम्बन्धित निकायबीच कार्यशालासमेत आयोजना गरेको बताएको छ । कार्यक्रममार्फत आन्तरिक पर्यटनको वर्तमान स्थिति, आन्तरिक पर्यटनको प्रवर्द्धनमा […]

पोखराको पर्यटन प्रवर्द्धन गर्न 'डुलुवा' समूह एक महिने भारत यात्रामा

कास्की – पोखराको पर्यटन प्रवर्द्धन गर्न युवाहरूको 'डुलुवा' समूह एक महिने भारत यात्रामा निस्केको छ । यस अगाडि नेपालका विभिन्न ठाउँमा पुग्ने गरेको समूह पहिलो पटक विदेशमा पर्यटन प्रवर्द्धन गर्न निस्केको हो । पोखरा पर्यटन व्यवसायीमा संलग्न रहेका १९ जना युवा प्रवर्द्धनका लागि भारतका विभिन्न सहर हुँदै लद्दाखसम्मको यात्रामा निस्केका हुन् ।    पोखरासहित नेपालका प्रमुख पर्यटकीय गन्तव्यकाे प्रवर्द्धन गर्दै टोलीले नेपालको महेन्द्रनगर, भारतको अमृतसर, कश्मीर, कार्गिल, लद्दाख, मनाली, सिम्ला, देहरादून, नैनीताल, हलपुर हुँद...

संगीतका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्दै नेपाल पर्यटन बोर्ड

काठमाडौं: नेपाल पर्यटन बोर्डले संगीतको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने भएको छ। नेपालको लोक तथा परम्परागत संगीतको माध्यमबाट पर्यटन प्रवर्द्धनका लागि बोर्डले सुरसुधा र चर्चित ब्याण्ड प्लेईङ फर चेन्ज फाउण्डेशन (पीएफसीएफ) सँग सहकार्य गर्ने जनाएको छ। पर्यटन प्रवर्द्धनको लागि संगीत सशक्त माध्यम भएकाले सुरसुधा र पीएफसीएफ सँग सहकार्य गर्न लागिएको बोर्डका वरिष्ठ निर्देशक…