बर्सेनि लाखौं नेपाली मुलुकभित्र घुम्छन् । कसैको आग्रहमा घुमेका होइनन् उनीहरु, स्वेच्छाले घुम्दैछन् । आन्तरिक पर्यटकले हाम्रो अर्थतन्त्रमा पुर्याएको योगदानको कहिँकतै चर्चा गरिँदैन । कस्तो बिडम्बना ! आन्तरिक पर्यटन लक्षित नीति बनेका छैनन् । त्यसैले अब आन्तरिक पर्यटनको विषयमा राष्ट्रियरुपमै बहस छेड्नु पर्छ । पोहोर सामाजिक सञ्जालमा आन्तरिक पर्यटनका तस्बिर निकै छापिए । कोही मनाङको तिलिचो ताल पुगेका, कोही मुक्तिनाथ । कोही राराताल अनि कोही खप्तड डुलेका । घुमफिरका सुन्दर तस्बिर देख्नेहरुको टिप्पणी थियो, ‘अब नेपाली पनि घुम्न थाले ।’