बैंकका कर्मचारीकै योजनामा यसरी लुटियो १६ लाख

काठमाडौं : एनआईसी एसिया बैंकको बानेश्वर शाखाबाट लुटिएको भनिएको १६ लाख रकम बैंककै कर्मचारीको मिलेमतोमा गायब पारिएको खुलेको छ।रकम संकलन गर्न हिँडेका कर्मचारीकै योजनामा सो बैंकको १६ लाख ३० हजार रुपैयाँ गायब पारिएको प्रहरीको अनुसन्धानबाट खुलेको हो। घटना पुस १८ गतेको हो।सो रकम लुटपाटमा संलग्न बैंकका कर्मचारीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक सुदीप गिरीका अनुसार पक्राउ पर्नेमा एनआईसी एसिया बैंकका कर्मचारी २७ वर्षीय प्रदीप खत्री,