मधेस प्रदेशमा पुन: ‘छोरी शिक्षा बीमा’ सुरु

काठमाडाैँ- मधेस सरकारको लोकप्रिय कार्यक्रम ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः सुरु भएको छ। सो कार्यक्रम कोरोना महामारीका कारण विगत दुई वर्षदेखि रोकिएको थियो। शिक्षा विकास निर्देशनालय मधेस प्रदेशका शिक्षा निर्देशक चूडामणि फुयाँलले ‘छोरी शिक्षा बीमा’ कार्यक्रम आजदेखि पुनः सुचारु भएको जानकारी दिए। यसअघि प्रभु बैंकसँग सम्झौता गरी छोरीहरूको बीमा गरिँदै आएकोमा अब ग्लोबल बैंकसँग सम्झौता […]

सम्बन्धित सामग्री

छोरी शिक्षा-बिमाबारे सचेतना

महोत्तरीका दलित तथा विपन्न बस्तीमा छोरी शिक्षा बिमाबारे सचेतना कार्यक्रम भएको छ । मधेस प्रदेश सरकारले सुरु गरेको ‘बेटी पढाऊ बेटी बचाऊ अभियान’ अन्तर्गत महोत्तरी र धनुषासहित प्रदेशका आठ वटै जिल्लाका सिमान्तकृत बस्तीहरूमा ‘छोरी शिक्षा बीमा बारे सचेतना कार्यक्रम’ सुरु गरिएको प्रदेश शिक्षा विकास निर्देशनालयका निर्देशक चूडामणि फुँयालले बताए ।