'जनस्वास्थ्यको मापदण्ड पालना गर्दै कोरोनासँगै जनजीवन अगाडि बढाऔं'

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेपछि गत भदौ ३ गते रातिबाट लगाइएको निषेधाज्ञा खुकुलो बनाइएको छ ।

सम्बन्धित सामग्री

दशैंपछि संक्रमितको सङ्ख्या बढ्यो, के तिहारमा काठमान्डूमा निषेधाज्ञा जारी होला ?

दशैँको चहलपहलसँगै कोरोनाभाइरस सङ्क्रमण दरमा पनि वृद्धि देखिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक सार्वजनिक गर्ने तथ्याङ्क हेर्दा पाँच दिनअघि अर्थात्‌ असोज ३० गते १४७ जना नयाँ सङ्क्रमित फेला परेका थिए।त्यसको चौथो दिन अर्थात् कार्तिक २ गते १,०९६ जना नयाँ सङ्क्रमित थपिएको मन्त्रालयको तथ्याङ्क छ।मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार दशैँअघि सङ्क्रमण दर पाँच प्रतिशतको हाराहारीमा रहेकोमा मङ्गलवार १० प्रतिशत पुगेको हो।प्रवक्ता पौडेल भन्छन्, 'एक-दुई दिनका तथ्याङ्क हेरी सङ्क्रमण दर फेरि बढ्न थालेको भनेर निष्कर्षमा पुग्न सकिँदैन। तर चाडबाडका बेला आवतजावत लगायतका गतिविधि बढ्दा सङ्क्रमण दर चाहिँ बढेको हुन सक्छ।'चाडबाडका बेला रोकिएका पीसीआर र एन्टिजन परीक्षणका नतिजाहरू एकै पटक आउँदा सङ्क्रमित बढेको हुन सक्ने सम्भावना पनि उनले औँल्याए।प्रवक्ता पौडेलका अनुसार सङ्क्रमणको पछिल्लो प्रवृत्तिबारे निष्कर्षमा पुग्न अबका केही दिनको तथ्याङ्कको विश्लेषण गर्नुपर्ने हुन्छ।सङ्क्रमणसम्बन्धी दुई-चार दिनयताको तथ्याङ्क हेर्दा खासगरी काठमाण्डू उपत्यकामा तिहारका बेला निषेधाज्ञा लागु हुन सक्छ कि भन्ने कतिपयले आशङ्का गर्न थालेका छन्।तिहारमा निषेधाज्ञा जारी होला?काठमाण्डू उपत्यकाका तीन जिल्ला प्रशासनहरूले 'पर्ख र हेर'को नीति लिएको देखिन्छ।भिडभाड नगर्न र जनस्वास्थ्यका मापदण्ड पालना गर्न अपील गरिएको भए पनि त्यस्तो हुन नसकेको महसुस गरेको काठमाण्डूका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल बताउँछन्।तिहारका बेला निषेधाज्ञा लागु होला त भन्ने जिज्ञासामा उनले भने, 'अब छिट्टै नै जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठक बसेर तिहार र छठको सन्दर्भमा थप सङ्क्रमण फैलिन नदिनका लागि कस्तो रणनीति अपनाउने भन्नेबारे टुङ्गोमा पुग्छौँ।'ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय दशैँका बेला सङ्क्रमण बढ्न सक्ने आकलनका आधारमा सकेसम्म कम आवतजावत गर्न आफूहरूले अपील गरेको स्मरण गर्छन्।सङ्क्रमणको अवस्था हेरेर स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी भावी अवस्थाको विश्लेषण र आकलनका आधारमा आगामी कदम चालिने उनले बताए।'सङ्क्रमणको हिसाबले एक-दुई दिनयता देखिएकै प्रवृत्ति जारी रह्यो भने कडाइ गर्नुपर्ने अवस्था देखिएमा आवतजावत घटाउने क्रमिक कदमहरू चाल्न सकिन्छ,' उपाध्यायले भने।'जनजीवन ठप्प हुँदैन'सङ्क्रमणको प्रवृत्तिको विश्लेषण गरेर उपत्यकाका तीनवटै जिल्लाले एकसाथ आवश्यक नीति अपनाउनुपर्ने आवश्यकता भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेशी शर्मा औँल्याउँछिन्।तर जनजीवन र आर्थिक गतिविधिलाई पूर्ण रूपमा ठप्प नै पार्ने गरी कदम नचालिने उनले सङ्केत गरिन्।'कुनै ठाउँमा बढी सङ्क्रमण छ भने हामीले स्थानीय तहसँग समन्वय गरी स्थानविशेषलाई, केही गतिविधिलाई नियन्त्रण गर्नुपर्ने हुन सक्छ,' शर्माले भनिन्।'एक हप्ताको हामी प्रवृत्ति विश्लेषण गर्छौँ र छलफल गरी निर्णयमा पुग्छौँ।'दशैँ मनाएर गाउँगाउँबाट मानिसहरू अहिले सहर फर्कन थाल्ने क्रम शुरू भएको छ।मानिसहरू ओहोरदोहोर गर्ने क्रमसँगै अबका केही दिनभित्र सङ्क्रमणको वास्तविक चित्र आउन सक्ने विज्ञहरूले बताएका छन्।  -बिबिसी नेपालीबाट

रंगमञ्चलाई चाहिएको ऊर्जा

डेढ वर्षयता अन्य क्षेत्रझैं कोरोना महामारीको चपेटामा परिरहेको रंगमञ्च अब जुर्मुराउन लागेको छ । जनजीवन अलि सामान्य बन्दै गएसँगै स्वास्थ्य मापदण्ड पालना गर्दै नाटकघरका ढोका खुल्न थालेका छन् ।

स्वास्थ्यविदहरू भन्छन् : 'सरकार दैनिक २ लाख खोप लगाऊ'

काठमाडौं : कोरोना महामारी नियन्त्रण गर्न लगाइएको ४ महिना लामो निषेधाज्ञा हटेसँगै बिस्तारै सबै क्षेत्र चलायमान हुँदै गएका छन्। यस्तोमा स्वास्थ्यविदहरूले सरकारसँग दैनिक २ लाख जनालाई कोरोनाविरुद्ध खोप लगाउन अनुरोध गरेका छन्।जनस्वास्थ्यविदले पनि निषेधाज्ञा हटाएर जनजीवन सामान्य बनाउने प्रयास सकारात्मक रहेको बताए। जनस्वास्थ्यविद डा किरण पाण्डेले निषेधाज्ञा खुकुलो भएपछि नागरिकले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने र सरकारले खोपलाई प्राथमिकतामा राखेर बढीभन्दा बढी जनसंख्यालाई खोप लगाउनुपर्न

भरिन थाले अस्पतालहरु कोरोना सङ्क्रमितले

कोरोना संक्रमण घटेको भन्दै निषेधाज्ञालाई खुकुलो गर्दै जनजीवन सहज बनाउँदै लगिएको, खोप अभियान चलिरहेको भए पनि आम मानिसले स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्दा सङ्क्रमण बढिरहेको मात्र हैन कोभिड अस्पतालहरु भरिन थालेका छन् । अघिल्लो लहरमा हटस्पट बनेको चितवनमा पुनः सङ्क्रमितहरु बढ्न थालेपछि भरतपुर अस्पतालमा कोरोना सङ्क्रमणका बिरामीको चाप बढेको छ । अस्पतालमा कोभिड सङ्क्रमितको उपचारका …

‘स्वास्थ्य मापदण्ड पालना नगरे फेरि संक्रमण भयावह बन्‍न सक्छ’

काठमाडौँ : पछिल्लो समय दोस्रो लहरको कोभिड-१९ संक्रमितको संख्या घट्दै गएपछि देशभरका अधिकांश जिल्लामा निषेधाज्ञा खुकुलो हुँदै गएको छ । गत वर्षको चैत महिनाको अन्तिम सातादेखि संक्रमण तीव्र रुपमा फैलिएछि मुलुकमा निषेधाज्ञा गरिएको थियो । कोभिडको जोखिम रहँदै आम मानिसको जनजीवन सामान्य बनाउन र मुलुकको अर्थतन्त्र चलायमान गराउन भ…

‘स्वास्थ्य मापदण्ड पालना नगरे फेरि संक्रमण भयावह बन्‍न सक्छ’

काठमाडौँ : पछिल्लो समय दोस्रो लहरको कोभिड-१९ संक्रमितको संख्या घट्दै गएपछि देशभरका अधिकांश जिल्लामा निषेधाज्ञा खुकुलो हुँदै गएको छ । गत वर्षको चैत महिनाको अन्तिम सातादेखि संक्रमण तीव्र रुपमा फैलिएछि मुलुकमा निषेधाज्ञा गरिएको थियो । कोभिडको जोखिम रहँदै आम मानिसको जनजीवन सामान्य बनाउन र मुलुकको अर्थतन्त्र चलायमान गराउन भ…

लकडाउन नगर्ने पक्षमा सरकार, कोरोना रोकथाममा के सोच्दैछ ?

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ को सङ्क्रमण पुनः बढे पनि तत्काल बन्दाबन्दी (लकडाउन) गर्ने सरकारको योजना नरहेको स्पष्ट पारेका छन् । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा मन्त्री त्रिपाठीले पछिल्लो समयमा कोभिड–१९ सङ्क्रमण बढिरहेको भन्दै त्यसलाई रोकथामका लागि सरकार तयारी अवस्थामा रहेको बताए । स्वास्थ्य सुरक्षा मापदण्ड पालना कडाइका साथ लागू गराइने उनको भनाइ छ । मन्त्री त्रिपाठीले भने, “कोरोनाको बढ्दो जोखिमप्रति सरकार सचेत छ तर दैनिक जनजीवन पनि सञ्चालन गर्नुपर्ने भएकाले जनस्वास्थ्...

उपत्यकावासीका हेलचेक्रयाईले कोरोना संक्रमण समुदायमा पुग्ने खतरा

ललितपुर । कोरोना भाइरसको जोखीम रहेको काठमाडौं उपत्यकामा समुदायमा समेत संक्रमण पुग्ने खतरा बढ्दै गएको सरकारले जनाएको छ । लकडाउन खुकुलो भएपछि जनजीवन सामान्य बन्दै गएको तर स्वास्थ्य सुरक्षा मापदण्ड पालना नभएकाले संभावित निष्कर्ष स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकालेको छ । ‘न्युनतम स्वास्थ्य सुरक्षाका मापदण्ड पनि पुरा नगरी निर्वाध रुपमा मानिसहरु हिडीरहेका छन्’ , मन्त्रालयका …