फ्रान्सले आफ्ना नागरिकलाई भन्यो– पाकिस्तान छोड

काठमाडौं। पाकिस्तानको इस्लामावादस्थित फ्रान्सको दूतावासले आफ्ना नागरिक र कम्पनीलाई पाकिस्तान छोड्न सल्लाह दिएको छ। पाकिस्तानमा फ्रान्सविरोधी प्रदर्शन चर्किएपछि दूतावासले उक्त सल्लाह दिएको हो। इस्लामावादस्थित फ्रान्सको दूतावास अघि प्रदर्शन भएपछि फ्रान्सले उक्त कदम उठाएको हो। तहरीक-ए-लब्बैक पाकिस्तानलाई फ्रान्सविरुद्ध प्रदर्शन गरेको आरोप लगाइएको छ। पाकिस्तानको गृह मन्त्रालयले तहरीक-ए-लब्बैक पाकिस्तानलाई कारवाही गर्ने बताएको छ।

सम्बन्धित सामग्री

पाकिस्तान भ्रमण गर्ने नेपालीलाई आवश्यक कागजात बोक्न दूतावासको अनुरोध

१२ फागुन, काठमाडौं। पाकिस्तान भ्रमणमा जाने नेपालीलाई आवश्यक कागजात बोक्न इस्लामावादस्थित नेपाली राजदूतावासले अनुरोध गरेको छ । शुक्रबार एक सूचना जारी गदैृ दूतावासले भारतको बाटो हुँदै पाकिस्तान जाने नेपाली नागरिकलाई आवश्यक भिषा, खोप कार्डलगायत कागजात बोक्न अनुरोध गरेको हो । ‘भारतको बाटो हुँदै सतह/ स्थल मार्गबाट पाकिस्तान भ्रमण गर्नुहुने नेपाली नागरिकहरूले यात्रा गर्नुपूर्व आवश्यक भिषा, […]

पाकिस्तान-इरान सीमामा आवागमन पुनः शुरु

बलुचिस्तान – पाकिस्तान-इरानको ताफ्टन सीमामा पैदलयात्रुको आवागमनमा लगाएको प्रतिबन्ध इरानी अधिकारीहरूले आइतबारदेखि हटाएका छन्। प्रतिबन्ध फुकुवा भएपछि पाकिस्तानी व्यापारी, विद्यार्थी र ट्रक चालकलाई इरान प्रवेश गर्न अनुमति दिइएको छ। पाकिस्तानको संघीय अनुसन्धान एजेन्सी (एफआईए) ले पाकिस्तानी नागरिकलाई इरान प्रवेश गर्न अनुमति दिँदै ताफ्टन सीमामा नियमित आवतजावत प्रक्रिया शुरु गरेको छ। गत जुन २९ देखि पाकिस्तानमा […]

नेपालसहितका ६ देशका नागरिकलाई यूएई प्रवेश खुला, कस्ता व्यक्तिले पाउँछन् जान ?

दोहा- संयुक्त अरब इमिरेट्स (यूएई) ले (कोभिड–१९) विरूद्ध पूर्ण खोप लगाएका यात्रु तथा यूएईमा आवासीय अनुमति पत्र (भिसा) भएका नेपालसहित ६ देशका व्यक्तिलाई प्रवेश अनुमति दिने निर्णय गरेको छ । यूएईले तोकिएको मापदण्ड पूरा गरेका नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, नाइजेरिया र युगान्डा नागरिकलाई प्रवेश अनुमति दिएको हो । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार यूएईले आजदेखि लागू हुने […]

यूएईद्वारा आफ्ना नागरिकलाई नेपालसहित १४ देशमा जान रोक

काठमाण्डौ – यूएईले आफ्ना देशका नागरिकलाई नेपालसहित १४ देशमा जान रोक लगाएको छ । यूएईको वैदेशिक मामिला मन्त्रालय तथा राष्ट्रिय आपतकालीन संकट र विपद् व्यवस्थापन प्राधिकरणले यूएईका नागरिकलाई नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, जाम्बिया, भियतनाम, नामिबिया, कंगो, युगाण्डा, सिरा लियोन, लाइबेरिया, दक्षिण अफ्रिका र नाइजेरिया जान प्रतिबन्ध लगाएको हो । यी देशमा कोरोना संक्रमणको जोखिम रहेको भन्दै बुधबारदेखि यात्रामा प्रतिबन्ध लगाएको प्राधिकरणलाई उद्धृत गर्दै खलिज टाइमले लेखेको छ । यात्रा प्रतिबन्ध कहिलेसम्म हो भन्ने ख...

इन्डियन भेरियन्ट फैलिने डरले फिलिपिन्स प्रवेशमा नेपाली नागरिकलाई पनि रोक

नेपालसहितका भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, ओमन र युएईलाई फिलिपिन्स प्रवेश निषेध गरिएको छ। इन्डियन भेरियन्ट फैलन सक्ने जोखिमलाई मध्यनजर गर्दै फिलिपिन्सले यी देशहरुका नागरिकलाई प्रवेशमा रोक लगाएको जनाएको छ। यसअघि पनि यी देशका नागरिकलाई प्रवेश रोक लगाइएको थियो। अझै जुन १५ सम्म यी देशका नागरिक फिलिपिन्स प्रवेश गर्न पाउने छैनन्।…

सिंगापुरले आफ्ना नागरिकलाई नेपालको भ्रमण नगर्न दियो निर्देशन

काठमाडौं। सिंगापुरले आफ्ना नागरिकलाई अर्को सूचना जारी नभएसम्म नेपालको भ्रमण नगर्न ट्राभल एड्भाइजरी जारी गरेको छ। नेपालमा कोरोना सङ्क्रमण बढेकोले उच्च जोखिम रहेको जनाउँदै सिंगापुरको स्वास्थ्य मन्त्रालयले आफ्ना नागरिकलाई नेपाल, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका नजान भनेको हो। सिंगापुरले यसअघि नै नेपाली नागरिकलाई आफ्नो देश प्रवेशमा अस्थायी रोक लगाइसकेको छ।

आफ्ना नागरिकलाई पाकिस्तान छाड्न फ्रान्सको आग्रह

३ वैशाख, काठमाडौं । पाकिस्तानस्थित फ्रान्सेली दूतावासले पाकिस्तानमा रहेका फ्रान्सका नागरिक तथा कम्पनीलाई अस्थायी रुपमा मुलुक छाड्न आग्रह गरेको छ ।  फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोँले ईश्वरको निन्दा गरेको भन्दै पाकिस्तानमा दक्षिणपन्थी पार्टीले गरेको आन्दोलन हिंसात्मक बनेसँगै दूतावासले यस्तो आग्रह गरेको हो । फ्रान्सेली दूतावासका एक अधिकारीले दूतावास खुला रहे पनि केही कर्मचारी फ्रान्स फर्किने जानकारी […]

पाकिस्तानमा रहेका आफ्ना नागरिकलाई फ्रान्सको आग्रह : तत्काल पाकिस्तान छाड्नुस्

फ्रान्सले आफ्ना नागरिकहरुलाई पाकिस्तान छाड्न आग्रह गरेको छ। पाकिस्नमा फ्रान्सविरुद्ध प्रदर्शन बढ्दै गएपछि यस्तो आग्रह गरिएको बीबीसीले उल्लेख गरेको छ। अवस्था बिग्रिँदै गएपछि फ्रान्सेली दूतावासले प्रदर्शन बढ्दै गएको र पाकिस्तानमा फ्रान्सेलीहरु सुरक्षित हुन नसक्ने भन्दै तत्काल पाकिस्तान छाड्न भनेको हो।  प्रोफेट मोहम्मदको कार्टन देखाउनु पर्ने वकालत गरेपछि गत महिनादेखि पाकिस्तानमा फ्रान्सविरुद्ध प्रदर्शन…