लुम्बिनीका मुख्यमन्त्री महराको पहिलो निर्णय- भ्रष्टाचारविरुद्ध रणनीति र कार्ययोजना बनाउन कार्यदल

रूपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले भ्रष्टाचारविरुद्धको रणनीति तथा कार्ययोजना निर्माण गर्न कार्यदल गठन गर्ने पहिलो निर्णय गरेका छन् । बुटवलस्थित प्रदेश प्रमुखस्ँग शपणग्रहणपश्चात मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय राप्ती उपत्यका देउखुरीमा आइतबार पदभार ग्रहण गर्दै मुख्यमन्त्री महराले भ्रष्टाचारविरुद्धको रणनीति तथा कार्ययोजना ६० दिनभित्र तयार गरी कार्यान्वयन गर्न कार्यदल गठन गर्ने निर्णय गरेका हुन् । […]