डा. बाबुराम भट्टराईले लगाए बुबाबाट दशैँको टीका

काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले दशैँको टीका ग्रहण गरेका छन्। उनले ९४ वर्षीय पिता भोजप्रसाद भट्टराईबाट टीका लगाएका हुन्।सपरिवारसहित बडादशैंको टीका ग्रहणपश्चात् उनले यस्ता राष्ट्रिय सांस्कृतिक पर्वहरूलाई संस्कृति र निजी/पारिवारिक मामिलामा कायम राख्न अनुरोध गरेका छन्। ‘धर्म र संस्कृतिको संवेदनशील विषयलाई राजनीतिमा घोलेर विषाक्त नबनाऊॅ’, तस्वीर सार्वजनिक गर्दै लेखेका छन्।

सम्बन्धित सामग्री

ओलीले खादा, शंकरले टीका लगाएर करिश्मा मानन्धरलाई गरे एमालेमा स्वागत

काठमाडौँ : अभिनेत्री करिश्मा मानन्धर मंगलवार एमाले प्रवेश गरेकी छिन्। एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्की बैंक्वेटमा आयोजित कार्यक्रममा मानन्धरलाई पार्टी प्रवेश गराएका हुन्। मानन्धरलाई पार्टीका महासचिव शंकर पोखरेलले टीका लगाएर स्वागत गरेका थिए। डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालमा कुनै बेला सक्रिय रहेकी उनी पछिल्लो समय राजनीतिमा…