ज्याला वृद्धिमा विवाद

सरकारले श्रमिकहरूको न्यूनतम पारिश्रमिक मासिक रू. १५ हजार पुर्‍याउने गरी राजपत्रमा सूचना प्रकाशित गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार मजदूर दिवसका दिनमा न्यूनतम पारिश्रमिक वृद्धि गर्ने घोषणा गर्नुुभएको थियो । त्यसैअनुसार आगामी साउन १ गतेदेखि लागू गर्नेगरी गरिएको पारिश्रमिक वृद्धिबारे सरोकारवाला पक्षसँग छलफल नगरिएको भनी निजीक्षेत्रले असन्तुष्टि पोखेको छ । देशको अर्थतन्त्र नै समस्यामा परेको बेला निजीक्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बेलामा उनीहरू निरुत्साहित हुने गरी ज्याला वृद्धि गरिनु लगानीका दृष्टिले उपयुक्त मान्न सकिँदैन । सामूहिक सौदाबाजीका आधारमा प्रत्येक २/२ वर्षमा श्रमिकको पारिश्रमिक वृद्धि गर्ने व्यवस्था छ । तर, ३ वर्ष भए पनि न्यूनतम पारिश्रमिक वृद्धि भएको छैन । सरकारले श्रम ऐन २०७४ को दफा १०६ को उपदफा (३) ले दिएको अधिकार प्रयोग गरेर पारिश्रमिक निर्धारण गरेको हो । निजीक्षेत्रसँग छलफल गर्दा सहमति नभएमा ऐनअनुसार सरकारले पारिश्रमिक निर्धारण गर्न सक्ने प्रावधान छ । तर, निजीक्षेत्रले असहमति व्यक्त गर्दागर्दै पारिश्रमिक वृद्धि हुने गरेको भने कमै पाइन्छ । त्यसैले निजीक्षेत्र सरकारको निर्णयबाट असन्तुष्ट बनेको हो । ऐन र महँगीका आधारमा हेर्दा ज्याला वृद्धि आवश्यक नै होला तर त्यसको कार्यान्वयन सरकारले गर्ने होइन, निजीक्षेत्रले हो । कोरोनाका कारण धेरै उद्योग र व्यवसायहरूले आफ्ना कामदारलाई पारिश्रमिक भुक्तान गर्न नसकेको अवस्था छ । कतिपय व्यवसायी त व्यवसायबाट पलायनसमेत भएका छन् । यस्तो बेला निजीक्षेत्रले सरकारबाट राहत र प्रोत्साहनको अपेक्षा गरेको छ । व्यवसायको अवस्था राम्रो नभएकै कारण उनीहरूले सरकारसँग भएको छलफलमा ज्याला वृद्धिमा सहमत हुन नसकेको देखिन्छ । ज्याला वृद्धि कार्यान्वयन गर्ने हो भने यसमा सरकारले निजीक्षेत्रलाई सहयोग गर्नु आवश्यक हुन्छ । सरकारका पछिल्ला चरणका केही भनाइ र निर्णयहरू लोकप्रियताका लागि हुन थालेको देखिन्छ । सत्तारूढ दलभित्रको किचलोका कारण चाँडै नै देशमा निर्वाचन हुन सक्ने परिस्थिति बन्दै गएको अवस्थामा मतदाता रिझाउने नियतका साथ वृद्धभत्ता वृद्धिको घोषणा भएको छ भने ज्याला वृद्धि गरिएको छ । देशको अर्थतन्त्र नै समस्यामा परेको बेला निजीक्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बेलामा उनीहरू निरुत्साहित हुने गरी ज्याला वृद्धि गरिनु लगानीका दृष्टिले उपयुक्त मान्न सकिन्न । सरोकारवालाहरूको असहमतिकै बीच गरिएको निर्णयले लगानी विकर्षित हुनुका साथै लगानी विस्तारमा समेत नकारात्मक असर पार्ने देखिन्छ । कामदारले माग गरेको पारिश्रमिक सरकारले तोकेको न्यूनतम पारिश्रमिक भन्दा कम छ भने रोजगारदाताले धेरै भन्दा धेरै जनशक्तिलाई काम लगाउन सक्छन् । यही कारणले केही देशले न्यूनतम पारिश्रमिकको प्रावधान राख्दैनन् । न्यूनतम पारिश्रमिक तोक्दा श्रमिक वर्गको हितको रक्षा होला । तर, रोजगारदाताको सहमतिविना निर्णय गर्दा त्यसको कार्यान्वयनमा पक्कै समस्या आउँछ । निर्धारित पारिश्रमिक दिन नसके अहिले सुध्रिएको श्रमिक र उद्यमीको सम्बन्ध फेरि द्वन्द्वतर्फ मोडिन सक्छ । संविधानले निजीक्षेत्रलाई अर्थतन्त्रको एउटा खम्बा मानेको छ । सरकारले पनि विकास निर्माणमा निजीक्षेत्रको भूमिका खोजेको छ । निजीक्षेत्रले विकासका लागि विभिन्न कार्यक्रम ल्याएको पनि छ । तर, निजीक्षेत्रसँग सहमति नभई यो निर्णय गर्दा सरकारप्रति उसको विश्वास घट्ने देखिन्छ । विगतमा प्रेस तथा गुठीलगायत धेरै कानून प्रस्ताव गर्दा सरोकारवालासँग छलफल गरिएन जसले गर्दा सरकार पछि हट्नु परेको थियो । यस्ता कामले सरकार नै कमजोर हुन्छ । सरोकारवालासँग छलफल नगरी निर्णय गर्दा नीतिगत स्थिरता नहुन सक्छ । कुनै पनि विषयलाई वस्तुपरक ढंगले हेर्ने र अध्ययन गरेर दूरगामी र दिगो हुने गरी काम गर्नुपर्नेमा त्यसो हुन सकेको छैन । सरकारले हचुवाका भरमा धेरैजसो काम गर्ने गरेको पाइन्छ । ज्याला वृद्धि यसैको उदाहरण हो । अहिलेको निर्णयले निजीक्षेत्रलाई नाफामात्र खोज्ने वर्गका रूपमा मात्र हेर्ने सरकारी दृष्टिकोणलाई नै संकेत गर्छ । निजीक्षेत्रको जति नै प्रशंसा गरे पनि सरकार उनीहरूप्रति उदार छैन र उनीहरूका मर्कामा चासो राख्दैन भन्ने कुरा यसले पुष्टि गरेको छ ।

सम्बन्धित सामग्री

जनवरी १ बाट न्युयोर्कमा कामदारको न्यूनतम ज्याला वृद्धि

जनवरी १ बाट न्युयोर्कमा कामदारको न्यूनतम ज्याला वृद्धि हुने भएको छ । न्युयोर्क सिटी, लङ आइल्याण्ड र वेस्टचेस्टर काउन्टीमा न्यूनतम ज्याला प्रति घण्टा १५ डलरबाट बृद्धि भएर १६ डलर हुँदैछ । राज्यको बाँकी भागमा १४ डलर २० सेन्टसबाट बढेर १५ डलर हुनेछ । न्युयोर्कका सबै क्षेत्रहरूमा न्यूनतम ज्याला सन् २०२५ को जनवरी १ मा ५० […]

ठेकेदारले ज्याला नदिएको श्रमिकको गुनासो

नेपाल टेलिकमको अप्टिकल फाइबर बिछ्याउने जिम्मा पाएका निर्माण व्यवसायीले काम लगाएर आफूहरूको ज्याला नदिएको श्रमिकले गुनासो गरेका छन्।...

ठेकेदारको बेइमानीले ज्याला पाएनन् कनका सुन्दरीका मजदुरले

कर्णाली राजमार्गअन्तर्गत नाग्म गमगढी सडक खण्डको सिंजा गाउँपालिका – २ घोडेङ्गा गाउँदेखि कनकासुन्दरी गाउँपालिका – ८ रोकायावाडासम्मको सडक खण्डमा काम गरेका मजदुरले  ज्याला  पाएका छैनन् । सिंजा गाउँपालिका १ की मुलकली कामीले ज्याला मजदुरी गरेको ज्याला नपाएको गुनासो गरिन । उनले भनिन् ‘दैनिक पाँच सय रुपियाँ ज्याला दिने भनेर काममा लगाएका हुन् । अहिले काम गरेको दुई बर्ष भयो त्यही पनि दिएका छैनन् ।’उनले अगाडि थपिन्, ‘घरनजिकै आएको विकास निर्माणमा ज्याला मजदुरी गर

श्रमिकको ज्याला बढ्यो, बीमा अनिवार्य

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतका योजनामा कार्यरत श्रमिकको ज्याला बढाएको छ । पुस अन्तिम साता बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका–२०७५ संशोधन गरेसँगै श्रमिकको ज्याला बढेको हो । निर्देशिका संशोधनसँगै पारिश्रमिकमा वृद्धि र अनिवार्यरुपमा बीमा कार्यान्वयनमा आउने भएको छ ।   श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवं प्रधानमन्त्री रोजगार कार्यक्रमका राष्ट्रिय निर्देशक डण्डुराज घिमिरेले मन्त्रिपरिषद् बैठकले निर्देशिका स्वीकृति गरेसँगै चालु आर्थिक वर्षबाटै ज्याला वृद्धिक...

ज्याला नपाएपछि वडा कार्यालयमा तालाबन्दी

कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका–१ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ । मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७७/७८ को सडक निर्माण गरेका मजदुरले ज्याला नपाएपछि वडा कार्यालयमा तालाबन्दी गरेका हुन । गत असार मसान्तमा मजदुरले भुक्तानी पाउनुपर्ने भए पनि हालसम्म ज्याला पाएका छैनन् । मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि १३२ कामदार वडा नं १ बाट छनोट भएका थिए । प्रति व्यक्ति ५० दिनसम्म काम गरे पनि कामदारले ज्याला नपाएको गोकर्णप्रसाद जैसीले जानकारी दिए ।उनले आफुहरुलाई ५० दिनस

ज्याला नपाएको भन्दै मजदुरले गरे विद्यालयमा तालाबन्दी

सल्यान : ज्याला नपाएको भन्दै मजदुरले बागचौर नगरपालिका–९ कुइयापानीस्थित श्री सूर्य आधारभूत विद्यालयमा तालाबन्दी गरेका छन्।विद्यालयको दुई कोठे भवन निमार्ण गरेको ज्याला नपाएपछि तालाबन्दी गरेको नरबहादुर डाँगीले बताए। भवन निमार्ण गर्ने सात मदजुरले ७५ दिनको ज्याला नपाएको उनका भनाइ छ।उनले भने‚ ‘पैसा माग्दा निर्माण समितिले विद्यालय व्यवस्थापन समितिलाई देखाउने, समितिलाई भन्दा निर्माण समितिलाई देखाएर हाम्रो पैसा दिन आनाकानी भइरहेको छ।’निर्माण समितिका अध्यक्ष प्रेमबहादुर डाँगील

सरकारले बढायो भरियाको दैनिक ज्याला

काठमाडौं। सरकारले भरियाको दैनिक ज्याला बढाएको छ। जिल्ला प्रशासन कार्यालयले भरियाको तलब गत आर्थिक वर्ष २०७७÷७८कोभन्दा दैनिक ४० रुपैयाँले बढेको हो। कार्यालयको नयाँ दरअनुसार यो आर्थिक वर्षमा भरियाले दैनिक ८२५ रुपैयाँ ज्याला पाउनेछन्। गत आर्थिक वर्षमा दैनिक ७८५ रुपैयाँमा सीमित थियो। सरकारले सबै प्रकारका कामदारको तलब बढाउँदा भरिया पनि यसमा समेटिएका हुन्। अघिल्लोपटक२०७६सालमा भरियाको ज्याला बढेर ७८५रुपैयाँ कायम भएको थियो।

स्कार्पियो चालकको दैनिक ज्याला ६ हजार ९३० रुपैयाँ

काठमाडौं। जिल्ला प्रशासन कार्यालयले चालू आर्थिक वर्ष २०७८र७९ का लागि नयाँ ज्याला दर कायम गरेको छ। कार्यालयले चालू आर्थिक वर्षको बजेटको व्यवस्थाअनुसार नयाँ ज्याला दर तोकेको हो। जसमा सबै भन्दा धेरै ज्याला स्कार्पियो, डबल क्याद चार चक्केको चालकको दैनिक ६ हजार ९३० रुपैयाँ तोकिएको छ। यस्तै, बोलेरो चालकको ५ हजार ७७५ रुपैयाँ प्रतिदिन ज्याला कायम भएको प्रशासन कार्यालयले जनाएको छ।

बाँकेका श्रमिकको ज्याला वृद्धि

दिनभरि काम गरेर गुजारा चलाउने श्रमिकको दररेट (ज्याला) यस आर्थिक वर्ष २०७८७९ का लागि थोरै मात्रामा वृद्धि भएको छ।...

डेढ वर्षसम्म  पाएनन् कामदारले ज्याला

हिल्सा– सिमकोट खण्ड अन्तर्गत हेप्का खोलाको पुल निर्माणमा खटिएका कामदारले ज्याला नपाएको गुनासो गर्न थालेका छन् ।  ०७६ साल भदौ २७ गतेबाट नियमित रुपमा काम खटिएका कामदारले डेढ वर्षसम्म ज्याला...