वसन्त पन्चमीमा किन छेडिन्छ नाक–कान ?

 वसन्त पञ्चमीका दिन काठमाडौँको बाङ्गेमुढा भेडासिंस्थित गहना पसलमा नाक छेड्ने र फुली लगाउनको चहलपहल बढी देखिन्थ्यो । गाउँघरमा नागफिनी काँडाले नाक–कान छेड्ने चलन भए पनि अचेल मेसिनले नै नाक–कान छड्ने प्रचलन बढ्दो छ ।  श्रीपञ्चमी अर्थात् वसन्त पञ्चमीका दिनलाई अक्षराम्भ गराउने दिनका रूपमा लिइन्छ । यस दिन शैक्षिक संस्था तथा शिक्षासँग सम्बन्धित सबै सामग्रीको पूजा गर्नुका साथै सरस्वतीको प्रार्थना पनि धूमधामले गरिन्छ । यसै दिन नाक– कान छेड्न उत्तम मान्ने गरिन्छ ।  नेपाली समाजमा यस दिन विवाह, व्रतबन्धलगा...